default_image

9 years ago

May 30, 2017

अमेरिकामा हुमागाईको टोलीलाई पोकोनो कप

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईले प्रशिक्षण दिदै आएको अमेरिका, पेन्सेलभेनियाको किस्टोन एथलेटिक यू १८ टोलीले पोकोनो कप फुटबल प्रतियोगिता जितेको छ । हुमागाईका अनुसार अमेरिका फुटबल संघअन्तर्गत रहेको स्टेट डेभलप्मेन्ट प्रोग्रामले आयोजना गरेको पूर्वी क्षेत्रका राज्यबाट छनोट भएका टोलीबीच पोनोको कपमा अन्तिम प्रतिस्पर्धा भएको थियो ।

हुमागाईको टोली अन्तिम चरणका सबै चार खेल जितेर च्याम्पियन बनेको थियो । किस्टोनेले पेन्सेलभेनियाको एफसी पेन्सेलभेनियालाई ४–१ ले न्यू जर्सीको युएस पार्मा रोयललाई ६–० ले, न्यू योर्क इस्टलाई इन्टरस्टार एफसी गालासटिकोसलाई १–० र न्यू योर्कको रक ल्यान्ड फुसनलाई २–१ ले हराएको थियो ।

प्रतियोगिता अमेरिकाको स्मारक दिवसको अवसरमा मे २७ र २८ तारिकमा प्लिसेन्ट भ्याली पेन्सेलभेनियामा भएको थियो । टोलीलाई जिताउँन सफल भएकोमा स्भाविक खुसी लागेको जनाउँदै अमेरिकाबाट हुमागाईले हाम्रो खेलकुद डटकमलाई भने,‘ जहाँ भएपनि फुटबलबाट टाढा रहन सक्दिन । यहाँ आएदेखि नै क्लबमा आबद्ध छु । आफुले प्रशिक्षण दिएको टोलीले सफलता प्राप्त गर्दा गर्व लाग्छ ।’ नेपालमा रहँदा हुमागाईले २०६९ मा थ्री स्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए ।

हुमागाई लगायत अन्य प्रशिक्षक रहेको क्लबमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रिचर्ड ओर्लोस्की टेक्निकल डाइरेक्टरका रुपमा कार्यरत छन् । हुमागाईले अहिले किस्टोनमा यू १८ सँगै यू १४ लाई पनि प्रशिक्षण दिदै आएका छन् । हुमागाईका अनुसार पोकोनो कप विजेता टोलीले जुन १० र ११ मा न्यू जर्सीमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.