9 years ago
May 31, 2017
लेस्टर (एजेन्सी) – लेस्टर सिटीका मिडफिल्डर रियाल माहरेजले क्लब छाड्ने निर्णय गर्दै क्लब समक्ष ट्रान्सफरको अनुरोध गरेका छन्। उनले क्लबसामु आफुलाई अर्को स्तरको टोलीमा खेल्न मन लागेकाले यस्तो निर्णय लिनुपरेको बताए।

चार सिजन अघि २०१४ को जनवरीमा लेस्टरसँग आबद्ध भएका माहरेजले लेस्टरलाई प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लेस्टरसँगको लिग जित्दाको अकल्पनीय सिजनमा पनि माहरेजको महत्वपूर्ण भूमिका थियो । उनले क्लबकालागि सबै प्रतियोगितामा ३९ खेल खेल्दै १८ गोल गरेका थिए ।
साबिक बिजेताको रुपमा यस सिजन प्रिमियर लिगमा आफ्नो उपस्थिति जनाएको लेस्टरको निराशाजनक प्रदर्शन पछि माहरेजले आफ्नो निर्णय क्लब समक्ष प्रस्ट गरेका हुन् ।
“क्लब प्रतिको इमान्दारीका कारण मैले गत सिजन क्लबसँगै रहें। तर अब मैले आफ्नो व्यक्तिगत करियर अगाडी बढाउन यो क्लब छोड्ने सहि समय रहेको जानकारी दिएको छु ” , माहरेजले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । “मैले लेस्टरमा चार राम्रो सिजन बिताउन पाएँ। क्लबको ऐतिहासिक सफलतामा साथ दिन पाउँदा मा एकदम खुसि छु। मेरो क्लब र समर्थकसँगको नाता सदा रहने छ र म आशा गर्दछु समर्थकहरुले मेरो निर्णय बुझ्ने छन् । “
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]