10 years ago
October 29, 2015
आगामी पौष महिनामा भारतमा आयोजना हुने साफ च्याम्पियनशिपको तयारीका लागि बोलाइएको ४० सदस्यीय टोलीमा जुमानु राई र सन्तोष साहुखल उपस्थित नभएको अवस्थामा नवयुग बाट धेरै आशा गरिएको छ|
भर्खरै सम्पन्न राष्ट्रिय लिगमा १४ गोल गर्दै उच्च गोलकर्ता भएका नवयुग त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन| लिगको सर्वोत्कृष्ट फरवार्ड समेत चुनिएका नवयुगले आर्मीलाई दोश्रो स्थानसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले| लिगमा चौध खेल खेलेका नवयुगले दुइ खेलमा ह्याट्रिक गरेका थिए|
यसअघी पनि राष्ट्रिय टोलीमा परेका नवयुगले भर्खरै मात्र पुनेमा भारत विरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए| खेलको अन्तिम २५ मिनेट मात्र खेलेका नवयुगले केहि राम्रो मुभहरु बनाएका थिए| हालै मात्र साफका लागि घोषणा गरिएको ४० सदस्यीय टोलीमा सन्तोष साहुखल र जुमानु राईको नाम नभएको अवस्थामा नवयुगबाट धेरै आशा गरिएको छ|
शारीरिक रुपमा बलिया रहेका नवयुग निकै छरिता छन्| उनले लिगमा गरेको गोल्हारू सबै किसिमका छन्| हेडिंग देखि लामो प्रहार, सबै किसिमको टेक्निकमा निपुण नवयुग भर्खर २५ वर्षका भएका छन्| लिग अवधिभर राम्रो प्रदर्शन गरेका नवयुग प्रशिक्षणका दौरान पनि राम्रो प्रदर्शन गर्न जरुरि छ| आर्मी भएकाले पनि उनको फिटनेस लेभल एकदम राम्रो भएको जिकिर आर्मीका प्रशिक्षक मेघराज केसीले गरेका थिए| भारत खवास र नवयुगको तालमेल आर्मीमा मिलेको देखिएको र सोहि जोडी राष्ट्रिय टोलीमा पनि चल्न सक्ने दाबि धेरै समर्थकहरुको छ|
के नवयुगले राष्ट्रिय टोलीमा सन्तोष र जुमानुको ठाउँ लिन सक्लान? तल प्रतिक्रिया दिनुहोस
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]