9 years ago
June 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको पहिलो खेलमा दाङ्ग महिला फुटबल टिमले महोत्तरी महिला फुटबल टिमलाई ३–१ गोलले पराजित गरेको छ । दाङ्गका लागि बसन्ती बराल मगरले २१, २६ र ३९ औं मिनेटमा तथा महोत्तरीका लागि झरना रानाले ५२ औं मिनेटमा गोल गरेका थिए ।

रौतहट
दोश्रो खेलमा काठमाण्डौ महिला फुटबल टिमले कन्चनपुर महिला फुटबल टिमलाई ४–० गोलले पराजित गरेको छ । काठमाण्डौका लागि प्रिति राईले २४ र ४७, रिना गुभाजुले ११ तथा मुना तामाङ्गले १४ औं मिनेटमा गोल गरेका थिए ।
तेश्रो खेलमा मकनापुर महिला फुटबल टिम र भोजपुर महिला फुटबल टिम बिच गोलरहित बराबरीमा समाप्त भएको छ ।
त्यस्तै आजै भएको स्याङजा तर्फको पहिलो खेलमा धनकुटा महिला फुटबल टिमले पाचथर महिला फुटबल टिम लाई १–० गोलले पराजित गरेको छ । धनकुटाका लागि तिर्था लिम्बुले २८ औं मिनेटमा गोल गरेकी थिईन् ।
दोश्रो खेलमा सुनसरी महिला फुटबल टिम र सर्लाही महिला फुटबल टिम बिच १–१ गोलको बराबरीमा समाप्त भएको छ । सुनसरीका लागि रेखा पौडेलले १० मिनेटमा तथा सर्लाहीका लागि रबिना गोलेले १२ औं मिनेटमा गोल गरेका थिए ।
तेश्रो खेलमा रौतहट महिला फुटबल टिमले स्याङजा महिला फुटबल टिमलाई ६–० गोलले पराजित गरेको छ । रौतहटका लागि रश्मि घिसिङ्गले २६, ३२, ४६ र ६४ औं मिनेटमा, निशा थोकरले २१ तथा रजनी थोकरले ६१ औं मिनेटमा गोल गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]