default_image

9 years ago

June 1, 2017

बिबिसीमाथि संकटाको ८ गोल

138 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिएमजी क्लब संकटाले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा संकटाले ब्रिगेड व्वाइज क्लबमाथि ८–० को फराकिलो जित निकालेको हो ।

फोटो: एन्फा

संकटाको जितमा दिपेश आलेमगर एक्लैले चार गोल गरे । रञ्जित गुरुङले दुई तथा लक्ष्मण गुरुङले एक गोल गर्दा संकटाले सुवास गिरिबाट एक गोल उपहार पाएको थियो । एकपक्षीय बनेको खेलको सातौं मिनेटमा पहिलो गोल गरेको दिपेशले ४८ औं मिनेटमा हृयाट्रिक गरेका थिए । उनले ७७औं मिनेटमा चौथो गोल गरेको थिए। रञ्जित गुरुङले १३ र २१ औं मिनेटमा गोल गरे । लक्ष्मण गुरुङले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दा ५१ औं मिनेटमा संकटाले आत्मघाती गोल उपहार पाएको थियो ।

जितपछि समूह ‘डी’ मा ६ अंक जोडेको संकटा क्वार्टरफाइनल नजिक पुगेको छ । समूह ‘डी’ मा पुलिस तीन अंकसहित दोस्रो स्थानमा रहँदा ब्रिगेड र मोरङ अंकविहीन छ ।

यस्तै प्रतियोगिताको अर्काे खेलमा जगदम्बा लुम्विनी फुटबल क्लबले लगातार दोस्रो जित निकालेको छ । हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै लुम्विनीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । जितसँगै लुम्बिनीले समूह ‘सी’ मा ६ अंक जोड्दै क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । लुम्बिनीको जितमा प्रिनस र अमृत गुरुङले गोल गरे । लुम्बिनीले सुरुवाती १० मिनेट धित्र नै २ गोल गरेको थियो।

प्रतियोगिताअन्तर्गत शुक्रबार पनि दुई खेल हुदैछ । पहिलो खेलमा च्यासलले नेपाल एपीएफ क्लबको सामना गर्दा दोस्रो खेलमा सुदुरले फ्रेन्डस् क्लबको सामना गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.