9 years ago
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम २० खेलाडीको नामावलीमा भेट्रान स्ट्राइकरद्वय अनिल गुरुङ र कर्ण लिम्बुको नाम अटाएन। फिलिपिन्सविरुद्धको खेलको अन्तिम टोलीमा अटाएका कर्णले खेल्न पाएका थिएनन् भने कप्तान अनिल गुरुङ त्यस समय पनि अन्तिम २०मा परेका थिएनन्।

पछिल्लो खेलमा चोटका कारण अनुपस्थित रहेका नवयुग श्रेष्ठको आगमनसँगै अनिल गुरुङ र कर्ण लिम्बु दुवै राष्ट्रिय टोलीमा अटाएनन्। प्रशिक्षक कोजीले यस खेलका लागि ३ फरवार्डलाई अन्तिम २० मा राखेका छन्। नवयुग सँगै आर्मीका भारत खवास र बिमल घर्ति मगरले नेपालको आक्रमण सम्हाल्नेछन्। यससँगै चोटका कारण पछिल्लो खेल गुमाएका मिडफिल्डर सुमन लामाले पनि टोलीमा पुनरागमन गरेका छन्।
कर्णले फिलिपिन्सविरुद्धको खेलमा राष्ट्रिय टोलीमा स्थान पाएपनि मैदानमा भने उत्रन पाएका थिएनन्। उनले २०१४मा यमनविरुद्ध खेलेको मैत्रीपूर्ण खेलनै नेपालको लागि खेलेको एक मात्र खेल हो।
यता सोलिडारिटी कपको जितेपछि टोलीमा नपरेका अनिल गुरुङले राष्ट्रिय टोलीका लागि ४९ खेल खेलिसकेका छन्। यस दौरान ९ गोल गरेका गुरुङ अझैपनि राष्ट्रिय टोलीको कप्तानका रुपमा कायमै छन्।
उमेर ढल्कदै गएका यी दुवै खेलाडीको विकल्पमा युवा खेलाडीले स्थान पाउँदै गएको अवस्थामा अब राष्ट्रिय टोलीमा पुनरागमन गर्न कठिन देखिन्छ। घरेलु फुटबल शून्यमा रहीरहँदा प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीमा फर्कनुको विकल्प खेलाडीहरुसँग छैन।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]