default_image

10 years ago

October 30, 2015

साफका लागि राष्ट्रिय टोलीको प्रशिक्षण पुन: सुचारु

204 views

0 Bookmark

दशैं बिदा सकिएपछि प्याट्रिक ओजेम्सको प्रशिक्षकत्वमा राष्ट्रिय टोलीको प्रशिक्षण पुन: सुचारु भएको छ ।

dipak rai

लिग सकिएलगत्तै बोलाइएको ३९ खेलाडीमध्य आज भएको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित भएका थिए । चोटका कारण चार खेलाडी उपस्थित भएका थिएनन् भने उपस्थित मध्य दुई खेलाडीले चोटका कारण प्रशिक्षण गरेनन्।

दशैंअघि पनि दुई दिन प्रशिक्षण गरेको टोलीले अस्तिदेखि प्रशिक्षण सुरु गरेको थियो । दशैंको बेलामा फ्रान्स फर्किएका ओजेम्स बिहिबार नेपाल फर्केका थिए । बेल्जिएन प्रशिक्षक ओजेम्सले भोलिबाट दैनिक प्रशिक्षण हुने र केहि दिन दिनको दुई पटक सम्म प्रशिक्षण हुने जानकारी दिएका थिए ।

नेपाल आगामी पौषदेखि सुरु हुने साफ च्याम्पिएनसिपको ग्रुप ‘ए’ अन्तर्गत आयोजक भारत, पाकिस्तान र श्रीलंकासंग भिड्नेछ । नेपाल र श्रीलंका दोश्रो साफपछि पहिलोपटक भिड्दैछन् भने भारत र पाकिस्तान अघिल्लो संस्करणमा पनि नेपालकै समुहमा परेका थिए ।

नेपालले विमल घर्ती मगरको गोलको मद्दतले पाकिस्तानलाई १-१को बराबरीमा रोकेको थियो भने भारतविरुद्ध २-१को जित दर्ता गरेको थियो । सो खेलमा नेपालका लागि जुमानु राई र अनिल गुरुङले गोल गरेका थिए ।

पूर्ण टोलि:

गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, विशाल श्रेष्ठ, अमृत चौधरी

डिफेन्डर: रञ्‍जित धिमाल, रबिन श्रेष्ठ, अमित तामांग, देवेन्द्र तामांग, जितेन्द्र कार्की, रमेश दंगाल, अनन्त तामांग, आदित्य चौधरी, युद्ध शाही, बिराज महर्जन, अजित भण्डारी, दिनेश राजबंशी

मिडफिल्डर: जगजित श्रेष्ठ, सुजल श्रेष्ठ, बिश्वाश श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, दिपक राई, विजय गुरुङ, टंक बस्नेत, टेक बहादुर बुढाथोकी

फरवार्ड: बिनोद कार्की, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, रन्जन बिष्ट, अनिल गुरुङ, बिमल घर्ति मगर, कर्ण लिम्बु, भरत खवास, दिपक राइ

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.