9 years ago
June 3, 2017
एजेन्सी – यस सिजनको युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टस भिड्दैछन्। साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक उपाधि रक्षा गर्ने टोली बन्ने दाउमा छ भने युभेन्टस च्याम्पियन्स लिग फाइनलमा लगातार तेश्रो हारबाट बच्ने सुरमा हुनेछ।

संयोगबस यस खेलमा दुवै टोलीका स्ट्राइकर आफ्नो पुर्वक्लबविरुद्ध उत्रदैछन्। युभेन्टसका स्टार स्ट्राइकर गोन्जालो हिगुआइन कुनै समय रियल म्याड्रिडमा व्यावसायिक फुटबल खेल्थे भने म्याड्रिडका युवा स्ट्राइकर अल्भारो मोराटा अघिल्लो सिजन युभेन्टसमा थिए। मोराटा म्याड्रिड फर्किएपछि हिगुआइन युभेन्टस पुगेका थिए।
अल्भारो मोराटापनि रियल म्याड्रिडमा पहिलो टिमबाट खेल्ने मौका नपाएपछि युभेन्टस लागेका थिए। युभेन्टसमा उत्कृष्ट प्रदर्शन गरेसंगै म्याड्रिडले उनलाई फेरी किनेको थियो। तर यस सिजन मोरटाले निकै कम समय पहिलो टोलीमा खेल्ने मौका पाएका छन्। उनले फाइनलमा पनि वैकल्पिक खेलाडीका रुपमै सुरुवात गर्ने सम्भावना रहेको छ।
यी दुवै खेलाडीले रियल म्याड्रिडबाट एकै समय पनि खेलेका थिए। युवा अवस्थाका मोराटा र हिगुआइनले रियल म्याड्रिडमा सिजनका केहि खेल संगै खेलेका थिए। सुरुवाती एघारमा मौका नपाएपछि हिगुआइन् रियल छोडेर नेपालीतर्फ लागेका थिए। पछिल्लो सिजनमात्र हिगुआइन् युभेन्टस आएका हुन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]