default_image

9 years ago

June 5, 2017

सरुको ४ गोलसँगै मोरङ सेमिफाइनलमा

139 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौका लागि मुना तामाङ्गले ५६ र प्रिति राईले ६६ औं मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले कैलाली महिला फुटबल टिमलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ४८ औं मिनेटमा निर्णायक गोल गरेकी थिईन् ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा रौतहट महिला फुटबल टिमले सर्लाही महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । रौतहटका लागि रश्मि कुमारी घिसिङ्गले ५५ र ६५ औं मिनेटमा गोल गरेकी थिईन् ।

तेश्रोे खेलमा मोरङ्ग महिला फुटबल टिमले नवलपरासी महिला फुटबल टिमलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गका लागि सरु लिम्बूले १५, १८, २६ र ७२ औं मिनेटमा गोल गरेकी थिईन् भने नवलपरासीका लागि हिना रानाले ४५ औं मिनेटमा गोल गरेकी थिईन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.