9 years ago
June 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एसियन कपको छनोट चरणका खेलको तयारीका लागि नेपाल र भारतबीच आज साँझ मैत्रीपूर्ण खेल हुँदैछ। मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलका लागि सम्पूर्ण तयारी पुरा भएको छ। नेपालको फिफा वरियता १ सय ६९ छ भने भारत १ सयौं स्थानमा रहेको छ।

नेपाल आफ्नो पछिल्लो अन्तर्राष्ट्रिय खेलमा फिलिपिन्ससँग ४-१ले पराजित भएको थियो भने भारतले म्यानमारलाई उसकै घरेलु मैदानमा १-०ले पराजित गरेको थियो। नेपालका लागि विशाल राइले फिलिपिन्सविरुद्ध गोल गरेका थिए भने भारतका लागि सुनिल क्षेत्रीले ९०औं मिनेटमा निर्णायक गोल गरेका थिए। सुनिल आजको खेलमा उपस्थित हुने छैनन्।
यसैगरी नेपाल र भारतबिचको पछिल्लो अन्तर्राष्ट्रिय खेलमा भारत ४-१ले विजयी भएको थियो। सन २०१५को डिसेम्बर महिनामा साफ च्याम्पियनसिपमा भएको खेलमा नेपालले बिमल घर्ति मगरको गोलमा अग्रता लिएपनि ४ गोल खाएको थियो।
नेपाल र भारतले अहिलेसम्म कुल १७ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा नेपालले १ खेल जितेको छ भने भारतले १२ ओटामा जित दर्ता गरेको छ। ४ खेल भने बराबरीमा समाप्त भएका छन्। यस दौरान भारतले ३१ गोल गर्दा नेपालले ७ गोल मात्र फर्काएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]