default_image

10 years ago

November 1, 2015

फुटबल टोलिको कप्तान बन्न सक्ने केहि खेलाडीहरु

205 views

0 Bookmark

राष्ट्रिय टोलीका वर्तमान कप्तान सागर थापा निलम्बित रहेको अवस्थामा अब घोषणा हुने टोलाको कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ । टोलिको कप्तान सागर र उपकप्तान सन्दिप दुबै निलम्बित भएको अवस्थामा प्यट्रीकले छान्न सक्ने केहि खेलाडीहरु तल लेखिएको छ ।

Nepal Captain

१. अनिल गुरुङ्ग : अहिलेको राष्ट्रिय टोलीका सबैभन्दा अग्रज खेलाडी अनिल विगत नौ वर्ष देखि फरवार्डको भुमिका निर्वाह गर्दै आएका छन् । मनाङ मर्स्याङदि क्लबका कप्तान रहेका अनिलले थ्रि स्टार र एन.आर.टिबाट पनि घरेलु फुटबल खेलिसकेका छन् । भारतको आई.लिगमा सिलोङ लाजोङबाट व्सवसायिक फुटबल खेलेका गुरुङ्गले बेलायतको तल्लो डिभिजनको क्लबहरुमा पनि ट्रायल दिएका थिए ।

नवीनतम अवस्ता हेर्ने हो भने अनिलले सुरुवाती भूमिका भने पाउन सकेका छैनन तर जेठोपनको हिसाबले र अनुभव हेर्ने हो भने अनिल राम्रो विकल्प हुन सक्छन ।

२. रोहित चन्द : राष्ट्रिय टोलीमा २००९मा डेब्यु गरेका रोहितले त्यसयता फर्केर हेर्नुपरेको छैन  । घरेलु लिगमा सोर्ह वर्षको उमेरमा नै मच्छिन्द्रको कप्तान रहेका चन्दले विभिन्न विदेशी क्लबबाट व्यवसायिक फुटबल खेलेका छन् । भारतको आई लिगमा एच.ए.एल बाट खेलेका रोहितले इन्डोनेसिया लगायतका देशमा तेहि सिजन बिताए। कप्तानमा हुनुपर्ने सबै गुण भएका रोहित टोलीका सबैभन्दा परिपक्व खेलाडी मानिन्छन् ।

कलिलो उमेरमा निकै अनुभव बटुलेका रोहित अवसर पाए लामो समय सम्म आर्म ब्यान्ड लगाइ टिमको नेतृत्व गर्न योग्य छन ।

३. किरण चेम्जोङ्ग : राष्ट्रिय टोलीका गोलरक्षक किरण लामो समयदेखि आफ्नो पोजिसनमा एकछत्र राज गर्दै आएका छन्। उनिबाट राष्ट्रिय टोलीबाट खेल्दा नराम्रो प्रदर्शन विरलै पाइन्छ। थ्रि स्टार क्लबबाट पनि कप्तानको भुमिका निर्वाह गरिसकेका किरण कप्तानको भुमिका निर्वाह गर्न योग्य छन  ।

४. विराज महर्जन: राष्ट्रिय टोलीबाट डेब्यु गरेदेखि मात्र एक खेल गुमाएका विराज अहिलेको टोलीमा ५० क्याप पुरा गर्ने एकमात्र खेलाडी हुन् । राइट ब्याक पोजिसनमा राम्रो खेल खेल्ने उनले घरेलु लिगमा मनाङ्गबाट खेल्दै आएका छन्। यसअघि थ्रि स्टार र एन.आर.टीको प्रतिनिधित्व गर्दै प्रेसिडेन्टस् कप खेलेका विराज अनुभवि छन् ।

तपाईंको बिचारमा राष्ट्रिय फुटबल टोलिको कप्तान बन्न योग्य को छ ? तल कमेन्ट गर्नुहोस

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.