9 years ago
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साउदी अरबमा रहेका नेपालीहरुले स्थापना गरेका दुई क्लबको संयुक्त आयोजनामा जुन २७ गते न्यू अन्नपूर्ण एवंम् नेपाली ब्वाइज गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोली ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् ।
नाबिया रंगशालामा हुने तीन दिने प्रतियोगितामा २५ भन्दा बढी क्लबको सहभागिता रहने अनुमान गरिएको नेपाली ब्वाइज युथ क्लबका अनिल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने नेपाली ब्वायज युथका मेनेजर विनोद पोखरेल बताएका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]