default_image

9 years ago

June 7, 2017

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

196 views

0 Bookmark

फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ ।
James

रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड मेवेदरमात्र १५ वर्षसम्म पहिलो स्थानमा थिए। हाल वुड्स १७औं स्थानमा रहेका छन् भने १२ महिना देखि कुनै फाइट नखेलेका मेवेदर फर्ब्सको सुचीमा परेनन् ।

अर्का फुटबलर, बार्सिलोनाका लियोनल मेस्सी तेस्रो स्थानमा छन् । फर्ब्सको अनुसार उनको बार्षिक कमाई ६१.८ मिलियन पाउण्ड छ । शीर्ष १० स्थानमा फुटबलका २ खेलाडी मात्र अटेका छन्।

१. क्रिस्टियानो रोनाल्डो (फुटबल) ७१.८ मिलियन पाउण्ड
२. लेब्रन जेम्स (बास्केटबल) ६६.६ मिलियन पाउण्ड
३. लियोनल मेस्सी (फुटबल) ६१.८ मिलियन पाउण्ड
४. रोजर फेडेरर (टेनिस) ४९.४ मिलियन पाउण्ड
५. केभिन डुरान्ट (बास्केटबल ) ४६.८ मिलियन पाउण्ड
६. रोरि म्याक्लरोय (गल्फ) ३८.६ मिलियन पाउण्ड
६. एन्ड्रिउ लक (अमेरिकन फुटबल) ३८.६ मिलियन पाउण्ड
८.स्टेफन करी (बास्केटबल) ३६.५ मिलियन पाउण्ड
९.जेम्स हार्डेन (बास्केटबल) ३६.० मिलियन पाउण्ड
१०. लेविस ह्यामील्टन (मोटर रेसिंग) ३५.५ मिलियन पाउण्ड

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.