9 years ago
June 9, 2017
अर्जुन कार्की
बागलुङ – चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चिल्ड्रने लाइफ विजेता र रुद्रेपिपल उपविजेताका समूह ‘क’ बाट अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको समुह ‘क’ को अन्तिम खेलमा रुद्रेपिपलले बागलुङ खेलकुद क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनल पुग्न सफल भएको हो ।

शुक्रबारको खेल दुवै टोलकिा लागि गर या मरको अवस्थामा थियो । पहिलो आफ २–२ गोलको बराबरी टुंगिएपनि दोस्रो हाफमा रुद्रेपिपल हावि भएको थियो र २ गोल थपेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
यस्तै शुक्रबार हुने भनिएको समुह ‘ख’ अन्तर्गत फ्युचर ब्राईटर स्पोर्टस् र रस आवर फुटसल तथा मुलपानी खेलकुद विकास समिति र पावर फिटनेस क्लबबीच तय भएको खेल बर्षाका कारण स्थगित भएको थियो । उक्त खेल शनिबार हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]