9 years ago
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै छ ।

टिकट कसरि खरिद गर्ने ?
इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको दरले ७०० थान टिकट बेचिने एन्फाले यसअघिनै जानकारी दिएको थियो।
टिकट किन्नका लागि इसेवा खाता हुने समर्थकले football.esewa.com.npमा गएर आफैं खरिद गर्न सकिनेछ भने इसेवा नभएका समर्थकले नजिकैको इसेवा एजेन्टमार्फत टिकट खरिद गर्न सक्नेछन्। काठमाडौँभरि इसेवाका ५ हजार एजेन्ट रहेको इसेवाले बताएको छ।
टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने पनि उल्लेख गरिएको छ।
अन्य जानकारी
खेल समय : नेपाली समय दिउँसो ३ बजे , १३ जुन मंगलबार
खेल मैदान : हल्चोक स्थित एपीएफ रंगशाला
टिकट दर : १००० ( ७०० टिकट मात्र बिक्रि गरिने )
लाइभ कसरि हेर्ने ? : एपी वन (AP1) एच डी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने
अनलाइन कसरि हेर्ने ? : हाम्रो खेलकुद लाइभ र एपी वन एच डी युटुबमा हेर्न सकिने
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]