default_image

9 years ago

June 11, 2017

“हामी नेपाललाई जित्न आएका हौँ” – यमनका प्रशिक्षक अब्राहम

120 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समूहको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ। २९ सदस्यीय यमनको टोलीले भोलि औपचारिक प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ। 

नेपाल आइपुगेपछि यमनका प्रशिक्षक अब्राहम मेब्राटुले यमन खेल जित्नका लागि नेपाल आएको बताएका छन्। “म यसअघि पनि यू-२२ टोली लिएर नेपाल आएको थिएँ र पछिल्लो पटक नेपाल र यमन खेल्दा पनि मैले नेपालको खेल हेरेको छु। हामीले यस खेलमा जित हात पार्नेमा म विश्वस्त छु।”

मेब्राटूले यमनमा पनि लिग नभएका कारण खेलाडी छनोटमा केहि समस्या रहेको बताए। “यमनमा विविध कारणले गर्दा सन २०१४ देखि लिग फुटबल हुन सकेको छैन। यसकारणले खेलाडी छनोट गर्न त समस्या छ नै, टोलीमा भएका खेलाडीमा पनि खेल अनुभव कम रहेको छ। हामीले इजिप्टका केहि क्लबसँग खेल त खेलेका छौँ तर अन्तर्राष्ट्रिय स्तरमा त्यतिले पुग्दैन।”

रमदानका कारण केहि खेलाडी वर्तमा रहेकाले केहि कठिनाई हुने उनले स्वीकारे। “हाम्रा केहि खेलाडी रमदानको वर्त लिएर बसेका छन्। खेल दिउँसोको समयमा हुने भएकाले खेलाडीहरुलाई केहि कठिनाई हुन सक्छ।  तर हामी पहिलानै यसबारे जानकार रहेकाले त्यति ठुलो समस्या हुँदैन।”

नेपालले जेठ ३० गते मंगलबार एपीएफ रंगशाला, हल्चोकमा यमनको सामना गर्दैछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.