default_image

9 years ago

June 11, 2017

फिफा रेफ्री कोर्स सुरु

133 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघको आयोजनामा फिफा एमए रेफ्रीङ कोर्ष काठमाण्डौमा आजबाट शुरु भएको छ।

नेपालभरका ३० जना उत्कृष्ट रेफ्रीहरु सहभागी कोर्ष असार १ गतेसम्म सन्चालन हुनेछ । टेक्निकल सम्बन्धि अध्यापन फिफा टेक्निकल प्रशिक्षक फर्खाद अब्दुल्लाएभ र फिटनेस सम्बन्धि अध्यापन फिफा फिटनेस प्रशिक्षक रविचन्द्रन चप्पनीमुटुले सम्हाल्नेछन्।

आज आयोजित उद्घाटन समारोहमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले फुटबल खेलमा रेफ्रीको भुमिकाबारे चर्चा गर्दै प्रशिक्षण दौरान प्रशिक्षकले सिकाएका कुरालाई गम्भिरतापुर्वक लिन अनुरोध गरे। त्यस्तै फिफाका प्रतिनिधि प्रशिक्षकले पाँच दिने कोर्षमा परिमार्जित नियमबारे अध्यापन गराईने जानकारी दिनुका साथै फिटनेश टेस्टको पनि परिक्षण गरिने बताए।

रेफ्री संघका सुरेन्द्र सिख्रकारले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रममा रेफ्री समितिका अध्यक्ष गणेश वहादुर चन्द, सदस्य अमृत शाह र सहायक महासचिव सन्जिव मिश्रको उपस्थ्तिि रहेको थियो।

प्रशिक्षण कार्यक्रममा सहभागी रेफ्रीहरु:

फिफा रेफ्रीहरु: लव खत्री, सुदिस कुमार पाण्डे, नविन्द्र महजर्न, विकास महत, अस्मिता मानन्धर

फिफा सहायक रेफ्रीहरु: रोजन श्रेष्ठ, प्रकाशनाथ श्रेष्ठ, नानीराम थापामगर, माधव खत्री, युनाल मल्ल, पदम भुजेल, विना श्रेष्ठ

राष्ट्रिय रेफ्रीहरु: श्रवण लामा, सृजना वर्तौला, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, विक्रम चौधरी, गणेश चौधरी, श्याम दनुवार, किसन यादव, प्रकाश भुजेल, प्रजेश अमात्य, आशिष चौधरी, सदेव श्रेष्ठ, सुमन शाही, मधुकर आचार्य, अमृत केसी, हेम कृष्ण रन्जितकार, माया लामा, राधिका शाक्य

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.