9 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – यमनका राष्ट्रिय फुटबल टोलीका कप्तान अयास मोहम्मद इब्राहिमले एएफसी एसियन कप अन्तर्गत मंगलबार हुने नेपालविरुद्धको खेलमा आफ्नो टोलीले जित्ने दावी गरेका छन्।

इब्राहिम टोलीका गोलरक्षक हुन् र उनि ओमानका क्लबसँग आवद्ध रहेका छन्। तर यस सिजनबाट ओमानी लिगमा विदेशी गोलरक्षक खेलाउन नपाउने नियम आएसँगै उनले क्लबबाट खेलेका छैनन्।
उनले यमनको टोलीले राम्रो तयारी गरेको र त्यसको फलस्वरूप जित दर्ता गर्ने बताए। “हामीले यस खेलका लागि लामो समयदेखि तयार गर्दै आएका छौँ। मलाई हामीले ३ अंक प्राप्त गर्नेमा पूर्ण विश्वास छ।”
यमनले यस खेलको तयारीका लागि इजिप्टका केहि क्लबसँग मैत्रीपूर्ण खेल खेलेर आएको हो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]