default_image

9 years ago

June 12, 2017

आर्मीद्वारा यु-१८ उपाधि रक्षा

141 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दोस्रो हाफमा एरिक बिस्टले फ्रिकिकमार्फत गरेको गोलमा लिएको आग्रतालाई जोगाउदै आर्मीले उपाधि जित्न सफल भएको हो । 

खेलको सुरुवाती समयमा संकटाले केहि सुन्दर गोल गर्ने अवसर गुमाएको थियो । दिनेश आले मगरले डी बक्सको छेउबाट पाएको वान भर्सेस वानको स्थितिमा बललाई सोझै आर्मीको गोलरक्षक अर्पन कार्कीको हातमा प्रहार गरेका थिए। संकटाले पुन: पाँचौ मिनेटमा पाएको अवसरमा कप्तान प्रदिप बोगटीले क्रसबारको माथि प्रहार गरेका थिए ।

आर्मीका लागि १५औं मिनेटमा दिनेश हेन्जनले राम्रो प्रहार गरेपनि गोल हुन नसक्दा आर्मी खेलमा अग्रता लिनबाट चुक्यो । बक्सको दायाँ तर्फबाट दोर्जे तामाङले डिफेन्डरलाई छक्याउदै दिनेशलाई दिएको बलमा उनको दायाँ खुट्टाले गरेको प्रहार सेकेन्ड बारबाट थोरै परबाट बाहिरियो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि दुवै पक्षबाट कुनै गोल हुन सकेन ।

दोस्रो हाफको सातौं मिनेटमा एरिक बिस्टले फ्रीकिक मार्फत गोल गरे। करिब २२ यार्डबाट गरेको उनको प्रहारले एक बाउन्स लिंदै विपक्षी गोलरक्षक उज्ज्वल लिम्बुलाई रक्षा गर्ने कुनै अवसर दिएन। त्यसकै ३ मिनेटपछि आर्मीले अर्को गोल गर्ने अवसर गुमायो । गोलकर्ता एरिकको पासमा दिनेश हेन्जनले गरेको प्रहार सेकेन्ड बारबाट थोरै बाहिरियो ।

त्यसपश्चात खेलमा आर्मीले दबाब कायमै राख्यो र ५८औं मिनेटमा कर्नर मार्फत पाएको अवसरमा प्रेजेन तामाङले गरेको हेडरले संकटको किपर उज्ज्वललाई बिट गरेपनि संकटाका सागर थापाले गोल लाइनबाट बचाउ गर्दै संकटालाई खेलमा जिवित राखे ।

संकटले ७९औं मिनेटमा खेलमा फर्किने सुनौलो अवसर गुमायो। देवराज तामाङले ८ यार्ड नजिक पाएको बललाई पोस्ट बाहिर प्रहार गर्दै संकटाको बराबरी गर्ने अवसर गुमाए । निर्धारित समय र थपिएको ६ मिनेट इन्जुरी समयमा संकटाले कुनै गोल गर्न नसकेपछि आर्मीले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको हो।

विजेता आर्मीले उपाधिसँगै नगद ३ लाख प्राप्त गर्यो भने उपविजेता संकटाले १ लाख ५० हजारमा चित्त बुझायो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.