default_image

9 years ago

June 12, 2017

यमनविरुद्धको खेलको टिकट भोलि खेलस्थलमा उपलब्ध हुने

161 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री शनिबारबाट सुरु भइसकेको छ।

टिकटको नमुना

इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको दरले ७०० थान टिकट बेचिने एन्फाले यसअघिनै जानकारी दिएको थियो।

समर्थक हरुको सुविधाका लागि टिकट खेलस्थल हल्चोक स्थित सशस्त्र प्रहरी बलको रंगशाला अगाडी बिहान ११ बजेबाट उपलब्ध गराइने भएको छ।

यसबाहेक, टिकट किन्नका लागि इसेवा खाता हुने समर्थकले football.esewa.com.npमा गएर आफैं खरिद गर्न सकिनेछ भने इसेवा नभएका समर्थकले नजिकैको इसेवा एजेन्टमार्फत टिकट खरिद गर्न सक्नेछन्। काठमाडौँभरि इसेवाका ५ हजार एजेन्ट रहेको इसेवाले बताएको छ।

टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने पनि उल्लेख गरिएको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.