9 years ago
June 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत आज हुने खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा हुने खेल दिनको ३ बजे सुरु हुँदैछ।
छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्स सँग ४-१ले पराजित भएको थियो। फिलिपिन्सको मनिला सहरमा भएको उक्त खेलमा नेपालका विक्रम लामाले रातो कार्ड खाएका थिए भने रबिन श्रेष्ठ घाइते भएका थिए। दुवै खेलाडी आजको खेलमा उपस्थित रहने छैनन्। नेपालले यस खेलको तयारीका लागि भारतसँग गत साता मैत्रीपूर्ण खेल खेलेको थियो। मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्समा खेलिएको खेल नेपालले २-०ले गुमाएको थियो। उक्त खेलमा रातो कार्ड पाएका बिराज महर्जन भने आजको खेलमा उपलब्ध हुनेछन्।
यमनले छनोट चरणको पहिलो खेलमा ताजिकिस्तानलाई २-१ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। १ गोलले पछि पारेको स्थितिलाई उल्टाउदै यमन खेलमा विजयी रहेको थियो। यमनले आफ्नो घरेलु मैदान उपलब्ध नरहेका कारण सबै खेल कतारको दोहामा खेल्दै आएको छ। यस खेलका लागि यमनका ५ खेलाडी अनुपस्थित रहेका छन्। विदेशी लिगमा खेल्ने भएकाले क्लबले समयमै छाड्न नमानेपछि प्रशिक्षक मेब्राटुले नेपालविरूद्ध तुलनात्मक रुपमा केहि कमजोर खेलाडी उतार्नेछन्।
समूहको अंक तालिकामा नेपाल अन्तिम स्थानमा छ भने यमन दोश्रो स्थानमा छ। फिलिपिन्स शीर्ष स्थानमा रहेको छ। समूहका शीर्ष २ टोली एसियन कपको लागि छनोट हुने प्रावधान रहेको छ। सन् २०१९को एसियन कप दुबईमा हुने कार्यक्रम रहेको छ।
खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद लाइभ र एपीवान एचडी मार्फत हेर्न सकिनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]