9 years ago
June 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको दोश्रो खेल अन्तर्गत आज नेपालले यमनको सामना गर्दैछ। खेलका लागि प्रशिक्षक ग्योतोकु कोजिले २३ सदस्यीय टोलीको पनि घोषणा गरिसकेका छन्।
पछिल्लो साता खेलिएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवात गरेको टोलीबाट २ खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ। मिडफिल्डमा फिका देखिएका हेमन गुरुङको स्थानमा विशाल राईले सुरुवात गर्ने सम्भावना छ भने फरवार्डमा बिमल घर्ति मगरलाइ विश्राम दिएर भारत खवासले सुरुवात गर्न सक्नेछन्।
भारत विरुद्धको खेलमा हेमन गुरुङले शारीरिक रुपमा बलियो खेलाडीसँग खेल्दा डिफेन्सिभ रुपमा निकै कमजोर देखिएपछि प्रशिक्षक कोजिले उनलाई खेलको ६०औं मिनेटमा निकालेका थिए। त्यसपछि मैदान आएका विशाल राईको प्रदर्शन भने सन्तोषजनक रहेको थियो। उनले मिडफिल्डमा रोहित चन्दलाई साथ दिनेछन्।
यस्तै फरवार्ड लाइनमा पनि बिमलको स्थानमा भरतले सुरुवात गर्ने सम्भावना बलियो छ। बिमलले पछिल्लो २ खेलमा सोचेअनुरुप प्रदर्शन गरेका छैनन् र पछिल्लो खेलमा पनि भरतले केहि राम्रो मुभ बनाएका थिए। नवयुग र भरतको जोडी क्लब फुटबलमा पनि सँगै खेल्दै आएको र यस्तो मैदानमा राम्रो अनुभव रहेकाले प्रशिक्षकले आर्मीका फरवार्डद्वयलाई खेलाउने सम्भावना रहेको छ।
डिफेन्समा केहि समस्या भएपनि वैकल्पिक खेलाडीमा पनि खासै अनुभवी खेलाडी नरहेकाले बिराजले लेफ्ट ब्याकको भूमिका निभाउने छन्। यस्तै गोलरक्षणको जिम्मा किरणले नै गर्नेछन् भने सुजल र अन्जनले विङ्सको जिम्मा सम्हाल्नेछन्।
सुरुवाती एघार:
किरण चेम्जोङ
कमल श्रेष्ठ – अनन्त तामाङ – आदित्य चौधरी – बिराज महर्जन (क)
अन्जन बिष्ट – रोहित चन्द – विशाल राई – सुजल श्रेष्ठ
नवयुग श्रेष्ठ – भरत खवास
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]