default_image

9 years ago

June 13, 2017

रविनको अनुपस्थितिले नेपाललाई समस्या

142 views

0 Bookmark

दिपेन्द्र पोखरेल

काठमाडौँ – नेपालले मंगलबार एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोस्रो खेल घरेलु मैदानमा खेल्दा लेफ्ट ब्याक रविन श्रेष्ठ मैदान बाहिरबाट नेपालको समर्थन गर्दै हुनेछन्।

Rabin Shrestha

फाइल तस्बिर

छनोट चरणको पहिलो खेल खेल्दा मनिलामा फिलिपिन्सविरुद्ध घुडाँमा चोट बोकेका रविन शल्यक्रिया पछि विश्राममा छन्। मैदानमा फर्किन अझै कम्तिमा ६ देखि ७ महिना लाग्ने हुदा राष्ट्रिय टोलीमा रबिनको अनुभव खड्किने पक्का छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीले पनि नेपाललाई फुल ब्याकमा समस्या पर्ने बताईसकेका छन् । “नेपाललाई अन्य पोजिसनमा धेरै विकल्प भएपनि फुल ब्याकमा भने त्यति सहज छैन । यसै नेपालमा कम खेलाडी रहेको यस पोजिसनमा रबिनजस्ता खेलाडी नहुनु टोलीलाई ठुलो दुर्भाग्य हो।”  कोजीले रविनसँगै मिडफिल्डर बिक्रम लामाको अनुपस्थितिका बारे खेल अघिको पत्रकार सम्मेलनमा टोलीलाई गार्हो पर्ने बताए।

भारतसँगको पराजय पछि प्रशिक्षक कोजीले यसअघि नै डिफेन्स नेपालको समस्या रहेको बताउदै हरेक दिन त्यसको सुधारमा अभ्यास गर्दै आएको बताएका छन् । “हामीसँग २ खेलाडी उपलब्ध नहुनाले धेरै गार्हो छ। तर हामीले हामीसँग रहेका खेलाडीहरुबाट प्रशिक्षणमा मेहेनत गरेका छौँ।”

त्यस्तै कप्तान बिराज महर्जनले पनि भारतविरुद्ध नेपाली डिफेन्समा तालमेल नमिलेको बताएका थिए । डिफेन्समा नयाँ समीकरणको समावेशसँगै तालमेलमा कमजोरी देखिएको बिराजले स्वीकारेका हुन्।

नेपालले भारतलाई पछिल्लो पटक हराउँदा दशरथ रंगशालामा रविनको क्रसमा जुमानु राइले गोल गरेका थिए । साफ च्याम्पियनसिप २०१३मा नेपालले सेमिफाइनलसम्म यात्रा गर्दा रविन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। नेपालले बंगबन्धु गोल्ड कप र एएफसी सोलिडारिटी कप जित्दा रविन टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए।

नेपालले हाल निकै महत्वपूर्ण प्रतियोगिता खेल्दै गर्दा आफुले कुनै योगदान दिन नपाऊँदा रविन दुखी रहेको बताउछन । “नेपालले खेलेको हरेक खेलमा मेरो समर्थन हुन्छ, तर आफुले खेलेर केहि योगदान दिन नपाउँदा म निकै निराश छु ” , रविन बताउछन ।

यमनलाई चुनौती दिन नेपालले डिफेन्समा सुधार गर्नुपर्ने रविनको बुझाइ छ । “भारतसँगको खेलमा नेपाली डिफेन्स कम्प्याक्ट देखिएन । भारतले सहजै स्पेस बनाउदै थियो र नेपाली डिफेन्स वन भर्सेस वनमा चुकेको थियो । यसलाई सुधारे नेपालले यमनलाई कडा चुनौती दिनेछ ” , रविनले थपे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.