9 years ago
June 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत आज नेपाल र यमन बिचको खेल हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुँदैछ।
१फिफा वरियतामा १ सय २४औं स्थानमा रहेको यमनले विगतमा नेपालसँग खेलेका २ अन्तर्राष्ट्रिय खेलमध्य दुवैमा जित दर्ता गरेको छ। हाल १ सय ६९औं स्थानमा रहेको नेपालले पछिल्लो पटक यमनसँग सन् २०१४मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। कतारको दोहामा भएको उक्त खेलमा नेपाल २-०ले पराजित भएको थियो।
यसैगरी नेपाल र यमनबिचको पहिलो खेलमा नेपाल ३-०ले पराजित भएको थियो। नेपालले अहिलेसम्म खेलेको दुवै खेलमा यमनलाई गोल गर्न सकेको छैन।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]