default_image

9 years ago

June 13, 2017

नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरी

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र यमनबीच एसियन कप छनोटअन्तर्गत समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

Nepal Yemen

हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाएर पनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीबाट भरत खवास र सुजल श्रेष्ठको उत्कृष्ट रहेको छ भने बाँकी खेलाडीको प्रदर्शन औसत मात्र रहेको थियो । एसियन कपको अघिल्लो चरण प्रवेशका लागि यमनसँगको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । तीन महिना अघि फिलिपिन्ससँग भएको पहिलो खेल नेपालले ४–१ ले गुमाएको थियो । अर्को तिर यमनले पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

नेपालले २७ औं मिनेटमा गोलका लागि सबैभन्दा राम्रो अवसर पाएको थियो । तर, अनन्त तामाङ, सुजल र भरत खवास तीनै जनाले मौकाको उपयोग गर्न सकेनन् । अन्जन विष्टको कर्नरमा पोस्ट अगाडी खाली रहेका अनन्तले बल छुटाए त्यसपछि सुजल र अन्तमा भरतले पनि ट्याप गर्दा पुग्ने बल छुटाएपछि नेपालले अग्रता लिन सकेन । लगत्तै एक मिनेटपछि अन्जनलाई विपक्षी खेलाडी पेनाल्टी बक्सको बाहिर फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो । त्यसमा सुजलको फ्रिकिक मानव पर्खालमा लागेर फर्कियो । ३६ औं मिनेटमा सुजलको लामो प्रहार विपक्षी किपरले सहजै रोके । त्यस्तै पहिलो हाफ हुन् एक मिनेट बाकी रहदा अन्जनको कर्नरले यमनको किपरलाई बिट गरेपनि भरतले हेडर कनेक्ट गर्न सकेनन्  ।

त्यसअघि सातौं मिनेटमा मैदानको दायाँ भागमा सुजलले दिएको पासमा भरतको क्रस नवयुग श्रेष्ठले भेट्टाउन नसक्दा विपक्षीमाथिको सम्भावित संकट टरेको थियो । नवौं मिनेटमा सुजलको क्रस विपक्षी किपरले सहजै रोके । २४ औं मिनेटमा भरतको क्रसमा बल विमको माथिबाट बाहिरिएको थियो ।

यमनले पनि चारवटा प्रहार गरेपनि नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले सफल हुन दिएनन् । पाँचौं मिनेटमा अहमिद नबिल हजाईले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले जोगाए । त्यस्तै यमनले १२ औं मिनेटमा उत्कृष्ट मुभ बनाउनका वावजुद गोल गर्न सकेन । अला मोहमद अब्दुलाह अल ससीको पासमा हजाईको वान भर्सेस वान प्रयासलाई किरणले लडेर जोगाएका थिए । खेलको २० मिनेटपछि भने नेपाली टोली हावी देखिएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.