default_image

9 years ago

June 13, 2017

एसियन कप छनोटमा नेपाललाई पहिलो अंक

114 views

0 Bookmark

एसियन कप छनोटमा नेपाललाई पहिलो अंक,यमनसँग गोलरहित बराबरी खेल्यो

प्रकाश तिमल्सिना/ दिपेन्द्र पोखरेल

काठमाडौं – खेल नियन्त्रणमा राख्नका वावजुद गोल गर्न नसकेपछि नेपालले यमनसँगको एसियन कप छनोटमा आज गोलरहित बराबरी खेलेको छ ।

Yemen vs Nepal

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दर्जन बढी अवसर पाउनका वावजुद गोल गर्न नसकेपछि नेपालले समूह ‘एफ’ को खेलमा यमनसँग अंक बाढेको छ । दुई खेलमा नेपालले जोडेको यो पहिलो अंक हो । २ खेलमा ४ अंकसहित यमन शीर्षस्थानमा छ । आजै समूहको अर्को खेलमा ताजकिस्तान र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ । चैतमा भएको समूहको पहिलो चरणको खेलमा फिलिपिन्सले नेपालाई ४–१ ले र यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

पहिलो हाफको २० मिनेटबाहेक खेलमा नेपालले खेल नियन्त्रणमा राखेको थियो । दुई हाफमा गरि नेपालले झन्डै दर्जन आक्रमण गर्दा पनि गोल गर्न सकेन । दोस्रो हाफको सुरुआतबाटै नेपालले गोलको अवसर सृजना गरेको थियो । तर, सफलता हात लागेन ।

४८ औं मिनेटमा सुजल श्रेष्ठको कर्नरमा अनन्त तामाङको हेडर पोस्ट नजिकबाट बाहिरायो भने ५८ औं मिनेटमा काउन्टर एट्याकमा नवयुग श्रेष्ठले मौका गुमाए । ६४ औं मिनेटमा भरत खवासको प्रहार विपक्षी रक्षकमा डिफ्लेक्ट हुँदा प्राप्त रिबाउन्डमा अन्जन विष्टको प्रहार गोलकिपरले डाइभिङ पन्च गरे । ६७ औं मिनेटमा दायाँबाट नवयुगले एक्लै बल अघि बढाएपछि पोस्ट नजिक बल पुर्याउँदा अन्य खेलाडीको साथ पाएनन् । त्यसको एक मिनेटपछि अन्जनको पासमा भरतले झन्डै २५ यार्डबाट गरेको कडा प्रहारलाई किपरले जोगाए । ८९ औं मिनेटमा रोहित चन्दको प्रहार विपक्षी रक्षकलाई डिफ्लेक्ट भएर पोस्ट नजिकबाट बाहिरिएको थियो । ८९ औं मिनेटमा विशाल राईले झन्डै २५ यार्डबाट फ्रिकिक प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरिएको थियो ।

नेपाली टोलीबाट भरत र सुजल को उत्कृष्ट रहेको थियो बाँकी खेलाडीको प्रदर्शन औसत मात्र रहेको थियो ।

पहिलो हाफमा नेपालले २७ औं मिनेटमा गोलका लागि सबैभन्दा राम्रो अवसर पाएको थियो । तर, अनन्त तामाङ, सुजल र भरत खवास तीनै जनाले मौकाको उपयोग गर्न सकेनन् । अन्जनको कर्नरमा पोस्ट अगाडि खाली रहेका अन्जनले बल छुटाए त्यसपछि सुजल र अन्तमा भरतले पनि ट्याप गर्दा पुग्ने बल छुटाएपछि नेपालले अग्रता लिन सकेन । लगत्तै एक मिनेटपछि अन्जनलाई विपक्षी खेलाडी पेनाल्टी बक्सको बाहिर फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो । त्यसमा सुजलको फ्रिकिक मानव पर्खालमा लागेर फर्कियो । ३६ औं मिनेटमा सुजलको लामो प्रहार विपक्षी किपरले सहजै रोके । त्यसअघि सातौं मिनेटमा मैदानको दायाँ भागमा सुजलले दिएको पासमा भरतको क्रस नवयुग श्रेष्ठले भेट्टाउन नसक्दा विपक्षीमाथिको सम्भावित संकट टरेको थियो । नवौं मिनेटमा सुजलको क्रस विपक्षी किपरले सहजै रोके । २४ औं मिनेटमा भरतको क्रसमा बल विमको माथिबाट बाहिरिएको थियो ।

यमनले पनि चारवटा प्रहार गरेपनि नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले सफल हुन दिएनन् । पाँचौं मिनेटमा अहमिद नबिल हजाईले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले जोगाए । त्यस्तै यमनले १२ औं मिनेटमा उत्कृष्ट मुभ बनाउनका वावजुद गोल गर्न सकेन । अला मोहमद अब्दुलाह अल ससीको पासमा हजाईको वान भर्सेस वान प्रयासलाई किरणले लडेर जोगाएका थिए । यमनले दोस्रो हाफमा छिटपुट आक्रमण मात्र गरेको थियो ।

नेपालका लागि उत्कृस्ट प्रदर्शन गरेका गोलकिपर किरण चेम्जोङ ‘म्यान अफ द म्याच’ भए  ।

नेपाली टोली – किरण चेम्जोङ (गोलकिपर),विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी (७३,देवेन्द्र तामाङ), कमल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट (८९, बिमल घर्ती मगर), सुजल श्रेष्ठ, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ (९०ं२ अनिल गुरुङ)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.