default_image

9 years ago

June 13, 2017

देवेन्द्रको राष्ट्रिय टोलीबाट ‘डेब्यु’

126 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ  – एएफसी एसियन कप अन्तर्गत यमनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै देवेन्द्र तामाङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। दोश्रो हाफमा आदित्य चौधरीलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका देवेन्द्र विगतका समयमा टोलीको सदस्य रहेपनि मैदानमा उत्रिन भने पाएका थिएनन्।

यमनविरुद्धको खेलमा ७३औं मिनेटमा मैदान प्रवेश गरेका उनले टोलीको गोलरहित बराबरीमा सहयोग गरेका थिए। नेपालले एएफसी सोलिडारिटी कप जित्दा टोलीका सदस्य रहेका देवेन्द्रले विगतमा राष्ट्रिय टोलीमा परेका थिएनन्।

राष्ट्रिय टोलीमा डेब्यु गरेपछि हर्षित हुँदै देवेन्द्रले आफ्नो मेहेनतको फल पाएको बताए। “मलाई आज खेल्न पाउँछु जस्तो लागेको थिएन। तर प्रशिक्षकले मौका दिएपछि मैले डेब्यु गर्ने मौका पाएँ। खेल पनि राम्रै रह्यो। आफ्नो मेहेनतको फल प्राप्त भएकोमा एकदम खुसि लागेको छ।”

उनले यस सुरुवातलाई अझ आउने दिनमा राम्रो गर्दै लग्ने बताए। “आज पहिलो खेल खेल्न पाउँदा एकदम खुसि लागेको छ। तर मेरो करियर भर्खर सुरु भएको छ। अझै मेहेनत गर्दै मौका पाएको बेलामा आफुलाई सिद्ध गर्दै लैजाने अठोट लिएको छु”

सन् २०१५को साफ च्याम्पियनसिपमा प्रारम्भिक छनोट पार गरेर अन्तिम छनोटमा पर्नु केहि दिन अगाडी उनि चोटग्रस्त भएका थिए। बेल्जियन प्रशिक्षक प्याट्रिक अजेम्सले उनलाई प्रशिक्षणका दौरान निकै राम्रो रहेको बताएका थिए। बंगबंधु गोल्डकपमा पनि उनलाई चोटका कारण देखाउँदै टोलीमा समावेश गरिएको थिएन।

२४ वर्षीय देवेन्द्रले मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका छन्। राष्ट्रिय लिगमा झापा एघारबाट खेलेका उनले प्रतियोगिताको उत्कृष्ट डिफेन्डरको उपाधि पनि जितेका थिए। थ्री स्टार क्लबले गत वर्ष एएफसी कपमा दोश्रो चरण प्रवेश गर्दा उनि टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.