9 years ago
June 13, 2017
अर्जुन कार्की
बागलुङ – अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबलको उपाधि फ्युचर स्पोर्टस् क्लबले जितेको छ ।
मंगलबार बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा फ्युचर स्पोर्टस् क्लबले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं मिनेटमा चिल्ड्रेन लाईफका दिलीप जिसीले बारमा लागरे फर्केको बललाई पोस्टको दिसा देखाउँदै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेको थिएन । फ्युचरको लागि खेलको ३० औं मिनेटमा आशिष गुरुङले बराबरी गोल फर्काएका थिएभने त्यसको १३ मिनेट पछि अविशेक बोहोराले उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो हाफमा १ गोलको अग्रता दिलाएका थिए ।
फ्युचरको लागि तेस्रो गोल क्याप्टेन कमल थापाले दोस्रो हाफको सुरुवातमै गरेका थिए । उनले खेलको ४६ औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो ।
२ गोलको अग्रता पछि केही फिक्का बनेको खेलको ८१ मिनेटमा चिल्ड्रेन लाईफले पेनाल्टी मार्फत गोल गरेको थियो । डिबक्स भित्र फ्युचरका डिफेण्डर आशिष गुरुङले फ्युचरका खेलाडीलाई ट्याक्कल गरेपछि दोहोरो पहेलो कार्डबाट रेड कार्ड खाँदै मैदान बाहिरीएका थिए । उक्त पेनाल्टीमा चिल्ड्रेन लाईफका उमेश थापाले गोल गरेका थिए । खेलको केही समय १० खेलाडीमा सिमित भएतापनि फ्युचरले उपाधि चुम्न सफल भएको छ ।
फ्युचर लिगको विजेता बन्दै नगद ५० हजार र ट्रफि प्राप्त गरेको छभने उपविजेतामा सिमित चिल्ड्रेन लाईफले नगद २५ हजार र ट्रफि प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा चिल्ड्रेन लाईफका दिलीप जिसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २ हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोलकिपर चिल्ड्रेन लाईफका सुनिल थापा, उत्कृष्ट डिफेण्डर पावर फिटनेश क्लबका क्षितिज आचार्य, उत्कृष्ट मिडफिल्डर रुद्रेपिपल युवा क्लबका युकेश थापा र उत्कृष्ट स्ट्राईकर चिल्ड्रेनका दिलीप जिसी र उच्च गोलकर्ता चिल्ड्रेनका दिवश बुढाथोकी घोषित हुँदै सवैले नगद १–१ हजार प्राप्त गरेका थिए । यस्तै अनुशासित टिम बागलुङ स्पोर्टस् क्लब घोषित हुँदै २ हजार नगद प्राप्त गरेको छ ।
लिगमा ८ टिमको सहभागिता रहेको थियो । जिल्ला फुटबल संघ बागलुङले सुरुवातमा १० टिमको सहभागिता रहने जनाएपनि पछि २ टिम सहभागि नभएकाले ८ टिमलाई खेलाइएको जनाएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]