9 years ago
June 15, 2017
एजेन्सी – शनिबारबाट सुरु हुने कन्फेडेरेसन कपको तयारीमा जुटेको पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो विविध समस्याका बावजुद प्रशिक्षणका क्रममा नयाँ लुक्समा हाँसखेल गर्दै गरेका भेटिए।

कर छलीको आरोप लागेको रोनाल्डो भर्खरै जुम्ल्याहा सन्तानको बाबु बनेको हल्ला मैदान बाहिर यावत छन्। त्यसमाथि पोर्चुगल कन्फेडेरेसन कपमा सहभागी जनाएसँगै उनलाई उपाधि जिताउने दबाव थपिएको छ। ३२ वर्षीय रोनाल्डोले प्रशिक्षणमा भने आफूमाथि कुनै दबाव नरहेको संकेत दिंदै हाँसखेल गर्दै बिताए।
उनले एकपटक त क्यामेरातर्फ फर्कंदै गर्दै चुप लाग्ने इशारा पनि गरे। त्यसको केहि क्षणमै उनले फोटो पत्रकारहरुसँग जिस्किंदै फोटोको लागि छुट्टै पोज पनि दिए।

नयाँ हेयरस्टाइलमा देखिएका रोनाल्डो पोर्चुगलसँग फिफा कन्फेडेरेसन कप जितेर नयाँ अध्याय लेख्ने धुनमा छन्। पोर्चुगलसँगै जर्मनी र चिलीलाई पनि यस प्रतियोगिताको दाबेदारको रुपमा हेरिएको छ। पोर्चुगलले आफ्नो पहिलो खेल मेक्सिकोविरुद्ध आइतबार खेल्दैछ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]