9 years ago
June 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपलको छनोट चरण खेल्न युएई जाने नेपाली यू-२३ टोलीको प्रशिक्षणको जिम्मा मेघराज केसीले पाएका छन्। राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका केसी हाल थ्री स्टार क्लबका प्रशिक्षक थिए। यू-२३ टोलीमा केसीलाई धनुषा जिल्लाका प्रशिक्षक प्रकाश अर्यालले सहायक प्रशिक्षकको रुपमा सहयोग गर्नेछन्।

पछिल्लो पटक त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा दोश्रो स्थान हात पार्दा उनि मुख्य प्रशिक्षक रहेका थिए। त्यसपछि थ्रीस्टार क्लब आइपुगेका केसीले एएफसी कपको छनोटमा थ्री स्टारलाई दोश्रो चरणमा पुर्याएका थिए। तर एन्फाको लापरवाहीले थ्री स्टारले दोश्रो चरण खेल्न नपाएसँगै थ्री स्टारले कुनैपनि घरेलु प्रतियोगितामा सहभागिता जनाएन।
सन् २०११-१२ ताका ग्राहम रोबर्ट्स नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहँदा मेघराज केसी टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए।
हाल जेएफएको इन्स्ट्रकटर कोर्षका लागि जापान पुगेका केसी नेपाल फर्किएपछि टोलीको प्रशिक्षण सम्हाल्नेछन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]