9 years ago
June 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ व्यवसयिक क्लब फुटबल करियरलाई निरन्तरता दिन माल्दिभ्स प्रस्थान गरेका छन्। राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्न २ साता अघि नेपाल आएका किरणले नेपालले खेलेको दुवै खेलमा राम्रो प्रदर्शन गरे। यमनविरुद्धको खेलमा किरण म्यान अफ द म्याच घोषित भएका थिए।

गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब टिसी स्पोर्टसमा आबद्ध भएका किरणले त्यसयता उक्त क्लबबाट सबै खेल खेलेका छन्। लिगको ८ खेलपछि किरणको टोली टिसी स्पोर्टसको १४ अंक छ । शीर्षस्थानमा रहेको माजियाको २१ अंक छ । लिग अन्तर्गत किरणको टिसी स्पोर्ट्सले मंगलबार न्यु रेडियन्टको सामना गर्दैछ।
किरण कतार एअरलाइन्सको क्यु आर ६४७ विमान चढेर दोहा हुँदै माल्दिभ्स पुग्नेछन्।
माल्दिभ्समा पनि किरणले उच्च प्रदर्शन गर्दै आएका छन् । उनले सिजनको पहिलो नकआउट प्रतियोगितामा नै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बंगलादेशमा भएको शेख कमल कप नकआउट प्रतियोगिताको उपाधि उनको टोली टिसी स्पोर्टसले जितेको थियो । उनले टिसी स्पोर्टसबाट खेलेको त्यो पहिलो प्रतियोगिता थियो । त्यो प्रतियोगितामा किरणको पूर्व क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराएको थियो । मनाङविरुद्धको सेमिफाइनलमा किरण म्यान अफ दी म्याच चुनिएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]