default_image

9 years ago

June 15, 2017

कन्फेडेरेसन कपमा हेर्नैपर्ने ५ खेलाडीहरु

158 views

0 Bookmark

एजेन्सी – आगामी शनिबारबाट रसियामा सुरु हुने फिफा कन्फेडेरेसन कपको तयारी पुरा भइसकेको छ। सम्पूर्ण सहभागी टोलीहरु रसियातर्फ प्रस्थान गरिसकेका छन्। महादेशीय प्रतियोगिताको विजेताहरुसँगै विश्व विजेता र आयोजक राष्ट्र रसिया सहभागी रहेको प्रतियोगितामा नयाँ अनुहारहरु पनि प्रसस्तै देखिनेछन्। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप बसाउन बाँकी रहेका र कन्फेडेरेसन कपमा चम्कने खुबी भएका ५ खेलाडी यसप्रकार छन्:

आन्द्रे सिल्भा:

क्रिस्टियानो रोनाल्डो आफैंले उत्तराधिकारी मानेका सिल्भा यसै सिजन एफसी पोर्टोबाट एसी मिलान लागेका छन्। २० वर्षीय सिल्भालाई टोलीमा भित्र्याउन मिलनले ४० मिलियन युरो खर्चेको थियो। पोर्चुगलको सबै उमेर समूहको टोलीबाट खेलिसकेका सिल्भाले सिनियर टोलीबाट पनि ८ खेलमा ७ गोल गरिसकेका छन्।

आरोन मोय:

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्ड टाउनबाट व्यवसयिक फुटबल खेल्दै आएका मोयमाथि अष्ट्रेलियाले ठुलो आशा गरेको छ। नियमित कप्तान मिले एडीनाकको अनुपस्थितिमा मिडफिल्डको दारोमदार सम्हाल्ने जिम्मा उनीमाथि रहेको छ। सामान्यतया आक्रामक मिडफिल्डमा खेल्ने उनले टोलीको चाहअनुसार रक्षात्मक मिडफिल्डरको भूमिकामा देखिने सम्भावना छ।

हेक्टर मोरेनो:

मेक्सिकोका २९ वर्षीय डिफेन्डर हेक्टरले राष्ट्रिय टोलीको लागि ७९ खेल खेलिसकेका छन्। सन्  २००६ देखि आफ्नो सिनियर करियर सुरु गरेका उनले आफुले खेलेका सबै क्लबमा राम्रो छाप बसालेका छन्। यसै सिजनको अन्त्यमा इटालियन क्लब एएस रोमासँग अनुबन्धित भएका मोरेनोको प्रदर्शनमा मेक्सिकोको नतिजा भर पर्ने देखिन्छ।

क्रिस्टियन बास्सोगग:

सन् २०१५मा क्यामरुनको दोश्रो डिभिजन खेलिरहेका बास्सोगगले त्यस समय हप्ताको ५० डलर कमाउने गर्दथे। तर पछिल्लो २ सिजनमा उनि डेनमार्कको क्लब आल्बर्गबाट चिनियाँ क्लब हेनान जिआन्य पुगेसँगै उनको भाग्य फेरियो। राष्ट्रिय टोलीमा परेकै सिजनमा उनले टोलीलाई अफ्रीका कप अफ नेसन्सको उपाधि दिलाए। उनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।

टिमो वेर्नर:

२१ वर्षीय वेर्नरले आरबि लेप्प्जिगबाट खेलेको पहिलो सिजनमै ३१ खेलमा २१ गोल गर्दै आफ्नो प्रतिभा देखाए। जर्मनीका उदयमान युवा खेलाडीको रुपमा हेरिएका वेर्नरले प्रशिक्षक योकिम लोलाई पनि निकै प्रभावित पारेका छन्। थोमस मुलर र मार्को रिउसजस्ता खेलाडीको अनुपस्थितिमा उनीमाथि जर्मनीले ठुलो आशा राखेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.