9 years ago
June 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसी शनिबार एनपिएलको खेलमा पराजित भएको छ । आइतबार जगजितको ‘डेब्यू’ खेलमा १–० को जित हासिल गरेको नुवावडिङ शनिबार मोरेल्यान्ड सिटी एफसीसँग ३–० ले पराजित भएको थियो ।

एनपिएलमा नुवावडिङ सिटी एफसीबाट खेल्दै जगजित श्रेष्ठ (बायाँ) । फाइल तस्बिर
जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंक छ । सहित आठौं स्थानमा रहेको छ । जगजित गत सातामात्र सनसाइन क्रस एफसी छाडेर बाँकी सिजनका लागि नुवावडिङमा आबद्ध भएका थिए ।
ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा आबद्ध भएका थिए ।सनसाइनमा भन्दा सेवा सुविधा राम्रो भएकोले नयाँ क्लबमा आबद्ध भएको बताएका थिए । अस्ट्रेलियमा जगजितको यो तेस्रो क्लब हो ।
गत बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]