default_image

9 years ago

June 18, 2017

विश्व किर्तिमान रच्न फुटबलर दिपा तान्जानिया पुगिन्

181 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) –विश्वकै सबैभन्दा अग्लो ठाउँमा फुटबल खेलिएको प्रतिस्पर्धात्मक फुटबल खेलको किर्तिमान तोड्न ‘इक्वेल प्लेइङ फिल्ड’ नामक संस्थासँग आवद्ध रहेर नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य दिपा अधिकारी तान्जानिया पुगेकी छिन्।

तान्जानियास्थित किलिमान्जरो पहाड १९ हजार ३ सय ३० फिट अग्लो रहेको छ। सीएनएनले जनाए अनुसार खेलाडीहरु पहाडको टुप्पोसम्म पुग्नेछन् र फर्किएर १८ हजार ७ सय ९९ फिटमा ९० मिनेटको खेल खेल्नेछन्।  प्रतिस्पर्धात्मक खेल खेलेर नयाँ विश्वकिर्तिमान कायम गर्न २० राष्ट्रका राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहनेछ।  नेपालको तर्फबाट भने मिडफिल्डर दिपा अधिकारी त्यहाँ पुगेकी छिन्। टिम भोल्कानो र टिम ग्लेसियर नामक २ टोलीले त्यहाँ रहेर खेल खेल्नेछन्।

महिलाहरुले पुरुषहरुको तुलनामा खेलकुदमा कम मात्रामा सहयोग पाउने हुनाले त्यसमा जागरुकता जगाउन त्यस संस्थाले यो कदम चालेको हो। यसबाट संस्थाले करिब ४० हजार अमेरिकी डलर अनुदान उठाउने लक्ष्य राखेको छ। खेलमा सहभागिता जनाउन अमेरिकी पुर्व राष्ट्रिय खेलाडी लोरी लिन्ड्से, इंग्ल्यान्डकि पुर्वखेलाडी रेचल अनिट, मेक्सिकोकि पुर्वकप्तान मोनिका गोन्जालेज लगायतका खेलाडी रहेका छन्।

७ देखि १० दिन लगाएर पहाडको चुचुरो पुग्ने लक्ष्य संस्थाले राखेको छ। खेल २४ वा २५ जुनमा खेलिने जनाइएको छ।  खेलको लागि फिफाले पनि सहयोग गरेको छ।

उक्त खेलमा सहभागी हुने खेलाडी र रेफ्रीहरुको नाम यसप्रकार छ:

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.