default_image

9 years ago

June 18, 2017

भरतको रोजाईमा गुन्द्रुक र मकै : खेलाडीसँग १२-२७ कुरा

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भरत खवास राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् । झन्डै एकदशक देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका भरतका विषयमा उनका समर्थकलाई थोरबहुत जानकारी छ । तर, सबै समर्थकलाई उनका बारेमा थाहा नहुन पनि सक्छ । यस्तै समर्थकका माझमा लोकप्रिय खेलाडीका बारेमा थप जानकारी दिने उद्देश्यले हाम्रो खेलकुद डटकमले खेलाडीसँग प्रश्न सोध्ने र उनको जवाफ जस्ताको त्यस्तै राख्ने प्रयास सुरु गरेको छ । आउने दिनमा हाम्रो खेलकुदले यो प्रयासलाई जारी राख्ने छ ।

त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका भरत नेपाल आर्मीकै स्थायी कर्मचारी हुन्। उनि आर्मीका लेफ्टिनेन्ट हुन् भने फुटबल टोलीका कप्तान पनि। यसअघि नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबाट व्यवसायिक फुटबल खेलेका भरत मोरङका हुन्। उनको बसोबास भने ललितपुरको कुपन्डोलमा रहँदै आएको छ। नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधिको रुपमा एएफसी सोलिडारिटी कपको उपाधि जित्दा भारत टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए। राष्ट्रिय टोलीका दोश्रा उपकप्तान भरतले फिलिपिन्सविरुद्ध मार्च महिनामा खेलिएको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए।

भरतसँग हाम्रो खेलकुदका लागि दिपेश तिमलसिनाले सोधेका प्रश्न र उनले दिएको उत्तर यस्तो छ ।

कहिलेबाट खेल्न सुरु गर्नु भयो?
म दश वर्षको हुँदा एन्फा एकेडेमीमा छनोट भएपछि निरन्तर खेलिरहेको छु।

पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
हामीले सन् २००४मा भारतको प्रतिष्ठित यु-१४ सुब्रतो कप जितेका थियौ। त्यो मेरो करियरको पहिलो उपाधि पनि हो। त्यो उपाधि जितेर म घर जादा ठुलो स्वागत भएको थियो र सबै जना निकै खुशी हुनुभएको थियो। त्यसपछि मलाई खेलेर नै भविष्य बनाउन सक्छु भन्ने महसुस भएको थियो।

फूटबलमा कसरी लाग्नु भयो?
म सानो हुँदा हरैचामा फुटबल बाहेक अरु खेल खेलिदैन थियो। मेरो बुबालाईपनि फूटबलमा रुचि थियो। त्यो मेरो लागि प्रेरणा बन्न पुग्यो र परिवारले पनि सधै समर्थन गर्नुभयो।

कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
सामसुङ जे ७, किन्दाको मूल्य २७०००।

कुन बाइक चढ्नु हुन्छ र मूल्य?
बुलेट ३५० सीसी, मूल्य साढे ४ लाख।

बार्षिक कति कमाउनु हुन्छ?
राष्ट्रिय टोलि र आर्मीको गरेर ६-७ लाख पुग्छ।

खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
मलाई सानो हुँदा देखिनै बाईक रेस खुब मनपर्थ्यो, सायद बाइक रेसर वा जिम इन्स्ट्रटर हुन्थे कि।

शैक्षिक योग्यता कति छ?
आर्टसमा ब्याच्लर गरेको छु।

कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
एक्सन मुभी हेर्छु प्राय, पछिल्लो पटक हेरेको बाहुबली २।

सबै भन्दा मन पर्ने नायक र नायिका?
एक्सन मुभी मनपर्ने भएर अक्षय कुमार र नायिकामा यामी गौतम।

सबैभन्दा मन पर्ने गायक र गायिका?
सबैखाले गित सुन्ने भएकाले निश्चित कोहि छैन।

सबैभन्दा धेरै पल्ट सुनेको गीत?
ए कान्छा मलाई सुनको बाला

सिंगल हुनुहुन्छ?
दुई महिना अगाडी ११ वर्ष देखिको प्रेम सम्बन्धलाई विवाह बन्धनमा बदलें।

किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पल्ट पढेको किताब?
मलाई मोटीभेसनल किताबहरु पढ्न मनपर्छ। पछिल्लो पल्ट पढेको एस आई क्यान डु।

अहिलेसम्म कति देश घुम्नु भयो? सबैभन्दा मन परेको देश?
१३ देश पुगेको छु। मनपरेको देश चै सिंगापुर।

नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
जन्मभुमि हरैचा र पोखरा।

सबैभन्दा मनपर्ने खानेकुरा?
गुन्द्रुक र मकै। मलाई त नेपाली खाना नै मनपर्छ।

खाना बनाउनु हुन्छ? आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
म पहिला एक्लै बस्ने भएकोले म नियमित खाना पकाउथे। आफुले पकाएको सबैभन्दा मिठो हुने आलु तरकारी।

सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताब कतिको आउछ?
दिनमा २-३ घण्टा चलाउँछु। प्रेम प्रस्ताव विवाह अगाडी आउथ्यो।

पहिलो कमाई के गर्नु भयो?
सुब्रतो कप जितेपछि हामीलाई एन्फाले पुरस्कार स्वरूप दिएको पैसा घर पठाएको थिए।

खेल जीवनमा सबैभन्दा खुशी भएको क्षण?
वर्ल्डकप छनोटमा हामीले जोर्डनसंग अवे खेलमा ९ गोल खाएका थियौं तर नेपालमा भएको खेलमा हामीले १-१ले बराबरी गर्न सफल भयौं। नेपालका लागि बराबरी गोल मैले १८ यार्ड बक्स बाहिरबाट गरेको थिए। अहिले पनि त्यो गोल सम्झिदा निकै खुशी लाग्छ। अर्को चाही सोलिडारिटी कप जित्दाको क्षण।

फुर्सदको समयमा के गर्नु हुन्छ?
किताब पढ्छु र सामाजिक सञ्जाल चलाउछु।

आफुले चाहेर पनि गर्न नसकेको काम?
आर्मीलाई लिग र नेपाललाई साफ च्याम्पियन बनाउन। गितार बजाउन चाहेर पनि सिक्न सकिएन।

राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि?
बिराज महर्जन।

सबैभन्दा मनपर्ने बिदेशी टोलि र खेलाडी?
क्लबमा चेल्सी अनि खेलाडी डीडीएर ड्रोग्बा र लुइस सुआरेज

नेपाली खेलकुदको स्तर के गरेर बढ्ला?
भौतिक पूर्वाधार विकासमा बढावा दिने, दक्ष प्रशिक्षक उत्पादन गर्ने, खेलकर्मीहरुको सुबिधा बढाउन पर्यो र सरकारले खेलकुदमा विशेष ध्यान दिनपर्यो।

आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
सधै मलाई र खेलकुदलाई माया गर्दिनुस। नतिजा विपक्षमा हुँदापनि समर्थनको खाँचो हुन्छ। नेपालमा खेल हुँदा हामीलाई मात्र हैन बिपक्षीलाई पनि माया गरिदिनुस्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.