default_image

9 years ago

June 19, 2017

ओरालो लाग्दै पाँचथरको महिला फुटबल

177 views

0 Bookmark

दिपक बोहोरा (फिदिम)– एक समय बलियो टोलीको छवि बनाएको पाँचथरको महिला फुटबल पछिल्ला दिनमा भने कमजोर हुँदै गएको छ । जिल्लाहरु कमजोर हुँदै जाँदा नेपालको महिला फुटबल विभागिय टोलीले थेगेको छ भन्दा फरक पर्दैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा जिल्लाका टोलीहरुको सहभागिता औपचारिकता निर्वाह गर्नका लागि मात्र हुने गरेको भन्दा फरक नपर्ने अवस्था भइरहेको छ ।

पाँचथरको महिला टोलीको सहभागिता पछिल्ला बर्षहरुमा सहभागितामै सिमित हुँदै आएको छ । केही साताअघि पाल्पा र स्याङ्जामा संयुक्त रुपमा आयोजना भएको महिला लिग फूटबलमा पाँचथरको प्रदर्शन कमजोर मात्र होइन लज्जास्पदक नै रह्यो । गत बर्ष पूर्वाञ्चलमै भएको सातौं राष्ट्रिय खेलकुदमा पनि पाँचथरको सहभागिता औपचारिकतामा मात्र सिमित भएको थियो । यसपटक पनि अवस्था फेरिएन, झनै कमजोर रह्यो । स्याङ्जामा रौतहटसँग पहिलो खेल १५–० ले गुमाएको पाँचथरले दोस्रो खेलमा धनकुटासँग १–० को हार बेहोरेको थियो । तर, लिग चरणको अन्तिम खेलमा टोली पुनः घरेलु टोली स्याङ्जासँग १६–० को भारी अन्तरले निराश भएको थियो । अहिले कमजोर रहेको पाँचथर कुनै बेला भने बलियो मानिन्थ्यो । २०५३ सालबाट बिभिन्न प्रतियोगितामा भाग लिन थालेको पाँचथर २०६२ सालमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा दोश्रो भएको थियो ।

अर्को बर्ष पाँचथर अन्तर विद्यालय महिला फुटबलमा उपाधि जित्न सफल भएको थियो । २०६५ मा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पनि टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यसपछि भने टोलीको प्रदर्शनमा ओरालो लाग्ने क्रम सुरु हुन थाल्यो, अहिले आइपुग्दा झन् झन् ओरालो लाग्दै जान थालेको छ । कुनै बेला बलियो टोलीका रुपमा चिनिने पाँचथरको महिला टोली अहिले कमजोर बन्नुको मुख्य कारण आवश्यक लगानी र तयारी नहुनु नै हो । यसपटक टोली विना प्रशिक्षण स्याङ्जा पुगेको थियो ।

खेलाडीलाइ स्याङजा जानु ३ दिन अगाडि मात्र खबर गरीएको पाँचथर महिला फुटबल टोलीकी कप्तान तायाहाङमा राइले बताइन । ‘हामी सँग प्रतिभा भएका खेलाडी हुँदा हुदै पनि प्रशिक्षण नहुँदा राम्रो नतिजा ल्याउन सकेनौं, उनले भनिन्,‘ विना प्रशिक्षण राष्ट्रिय टोलीका खेलाडीसँग खेल्न कठिन हुन्छ ।’ टोलीका प्रशिक्षक पासाङ तामाङले लगानी र व्यवस्थापन नभएकै कारण लजास्पदक नजिता बेहोर्नु परेको बताए । ‘महिला फुटबलमा लगानी छैन । प्रतियोगिता धेरै हुँदैन,’ उनले दुःखेसो गरे,‘ अनि बल्लतल्ल प्रतियोगिता हुँदा नतिजा खोजेर मात्र कहाँ पाइन्छ ।’ २०६२ सालमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता दोस्रो हुँदा पाँचथरबाट खेलेकी गिता कठेत पनि महिला फुटबलमा लगानी नभएकै कारण नजिता आउन नसकेको बताउछिन् । ‘ महिला फुटबलमा लगानी छैन , महिला लिग पनि समयमा हुन्न , राष्ट्रिय टोलीकै प्रशिक्षण सन्तेषजक छैन भने जिल्लाको के हुनु,’ उनले थपिन्, ‘महिला फुटबलको विकासको गर्ने हो भने पुरुषका लागि जस्तै एकेडेमीमा राख्नुपर्दछ, महिला खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्दछ ।’

पाँचथरमा पुरुष फुटबल प्रतियोगिता नियमित जस्तो हुने गरेपनि महिला फुटबल भने शून्यको अवस्थामा छ । महिला फुटबलमा लगानी र चासो नहुददा भएका खेलाडी पनि पलायन भएका छन् । राष्ट्रिय स्तरमा प्रतियोगिता हुँदा जिल्लामा खेलाडी खोज्न मुस्किल रहेको सरोकारवालाहरु बताउँछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.