9 years ago
June 19, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ ।

फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने गर्दछ। नयाँ प्रस्तावमा पनि खेल रोकिंदा समय रोक्ने र आधा घण्टाको २ हाफ गरेर ६० मिनेटको खेल खेलाइनु पर्ने उल्लेख गरिएको छ।
‘६० मिनेट समयले फुटबलमा फैलिएको नकारात्मक कुरालाई धेरै हदसम्म समाधान गर्नेछ । ९० मिनेट समय धेरै हो । त्यसमाथि अतिरिक्त समय र पेनाल्टीमा समेत खेल जाने हुँदा यसले तनाव पनि उत्तिकै निम्त्याउने गरेको छ । यसको समाधान समयको कटौतीबाट मात्र हुनेछ’, आईएफएबीले भनेको छ । यो प्रस्तावले रेफ्रीको निर्णय क्षमतामा समेत राम्रो प्रभाव पर्ने दाबी गरिएको छ ।
आईएफएबीको यो प्रस्तावले फुटबल खेलमा फेयर प्लेको रणनीति अंगीकार गर्न, खेलाडीको बानी व्यहोरा सुधार गर्न, प्रदर्शन क्षमता बढाउन, खेलाडीको घाइते समस्या समाधान गर्न, रेफ्रीको सही निर्णयलगायतका विविध विषयमा राम्रो हुने उल्लेख गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]