9 years ago
June 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सान्त्वना कप फुटबल प्रतियोगिताको उपाधि स्वप्न बाटिका (एसभी) एकेडेमीले जितेको छ। एन्फा टेक्निकल सेन्टरको मैदान च्यासलमा मंगलबार भएको फाइनल खेलमा एसभी एकेडेमीले भिमेश्वर एकेडेमीलाई १–० गोलले पराजित गर्दै उपाधि उठाउन सफल भएको हो।

एसभी एकेडेमीको जितमा अनिश कार्कीले निर्णायक गोल गरेका थिए । उपाधि सँगै एसभी एकेडेमीले ३० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता भिमेश्वर एकेडेमीले २० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि भिमेश्वरका सपन बस्नेतले पाए । सर्वाधिक गोलकर्ताको पुरस्कार एसभीका विजु राईले पाए । उत्कृष्ट गोलरक्षक एसभीका सविन श्रेष्ठ भए । उत्कृष्ट प्रशिक्षकको पुरस्कार एसभी एकेडेमीका उज्जल राई भए । राइजिङ प्लेयरको पुरस्कार एसभीका अनिल खड्काले पाए।
च्याम्पियन्स क्लब कोटेश्वरको आयोजनमा असार २ गतेदेखि सञ्चालित प्रतियोगितामा १६ टोलीले भागलिएका थिए । सहभागी टोलीबीच नकआउटका आधारमा प्रतिस्पर्धा गराईएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]