8 years ago
June 22, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने खेलमा चिली र जर्मनी आमने-सामने हुँदैछन्। दुवै टोलीले समुहको पहिलो खेल जितेका थिए।

जर्मनीले पहिलो खेलमा अष्ट्रेलियालाई ३-२ले पराजित गरेको थियो भने चिलीले क्यामरुनमाथि २-०को जित दर्ता गरेको थियो। दुवै टोली समूहको शीर्षस्थानमा रहेर जितसँगै सेमीफाइनलमा प्रवेश गर्ने धुनमा हुनेछन्।
पछिल्लो पटक यी दुई टोलीको भेट सन् २०१४मा मैत्रीपूर्ण खेलमा भएको थियो। उक्त खेलमा मारियो गोट्जेको गोलमा जर्मनी १-०ले विजयी रहेको थियो।
जर्मनीका प्रशिक्षक जोकिम लो आफ्नो सयौं खेलमा जितको आशा गरिरहेका छन्। तर, चिलीले पछिल्ला १४ अन्तर्राष्ट्रिय खेलमा जम्मा १ खेलमा पराजय व्यहोरेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]