default_image

9 years ago

June 23, 2017

भरत र राजु अमेरिका आज जाँदै

131 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका जाने भएका छन् । नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ जान लागेका हन् । उनीहरु राती ९ बजे  त्यसतर्फ प्रस्थान गर्नेछन।

कन्भेन्सनका अध्यक्ष विश्व अधिकारीको निमन्त्रणामा अमेरिका जान लागेको भरतले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुन ३० देखि जुलाई २ सम्म हुने फुटबलमा यी दुई सेनाका खेलाडीले भाग लिनेछन् । सोही दौरान भरत र राजु दुवैलाई कन्भेन्सनले आफ्नो ब्रान्ड एम्बेसेडर बनाउने तयारी गरिरहेको भरतले जानकारी दिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.