8 years ago
June 25, 2017
दिपक बोहोरा
पाँचथर– छोटो समयमा विर्ता युनाइटेड झापा पूर्वमा स्थापित हुने क्रममा छ । २०७२ सालमा झापाको बिर्तामोडमा स्थापना भएको फुटबल क्लबले यति पूर्वमा लोकप्रियता हाँसिल गरिरहेको छ । विर्ता युनाइटेडको पछिल्ला सफलताहरु लोभलाग्दा छन् ।

पूर्वका स्थापित खेलाडिहरुले स्थापना गरेको विर्ताले एकपछि अर्को उपाधि मात्र होइन पूर्वेलीको पनि मन जितिरहेको छ । योगेश गुरुङ ,विशाल राई ,देवेन्द्र तामाङ जस्ता स्थापित खेलाडी विर्ता युनाइटेडका सदस्य हुन् । उनीहरुलाई नरेन्द्रमणि लिम्बु अध्यक्षका रुपमा नेतृत्व दिइरहेका छन् ।
राष्ट्रिय लिग खेलिसकेको झापा ११ को भाइका नाममा विर्ताले चर्चा कमाई रहेको छ । स्थापनाको छोटो समयमा विर्ताले दर्जन बढी उपाधि पनि जितिसकेको छ । स्थानिय प्रतियोगिता खेल्नका लागि विर्ता देशका चर्चित खेलाडीको रोजाइ बन्न थालेको छ । कर्ण लिम्बु , देवेन्द्र तामाङ , राष्ट्रिय टोलीका सदस्य विशाल राई, अर्का विशाल राई जस्ता स्टार यो टोलकिा नियमित सदस्य हुन् ।
सिनियर खेलाडीहरुले अन्य खेलाडीलाई बिर्तामोडको डोमलाल रंगशालामा नियमित प्रशिक्षण दिने गरेको क्लबका अध्यक्ष लिम्बुले हाम्रो खेलकुद डटकमलाई जानकार दिए । उनले भने,‘ खेलाडीको छनोट पनि प्रतियोगिताको स्तर हेरेर गर्छौं ।’
पाँचथरमा सम्पन्न फाल्गुनन्द गोल्डकप सहित गत सिजन विर्ताले पूर्वका आधा दर्जन उपाधि जितेको थियो । झापाको लखनपुरमा नन्द चन्द्र कुमारी आङदेम्बे प्रतिष्ठानले आयोजना पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको विर्ताले गएको वैशाखमा पाँचथर गोल्ड कपको उपाधि पनि उचालेको थियो । त्यस्तै टोलीले जयपुर युथ क्लबले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितासहित गत महिनामात्र हल्दिबारी गोल्डक कप जितेको थियो ।
एक पछि अर्को उपाधि जितेर पुर्वेलीको मन जित्न थालेपनि आर्थिक कारणले व्यवस्थापन गर्न त्यत्तिकै चुनौतिपूर्ण रहेको क्लबका व्यवस्थापक टेक राज तेलिङ लिम्बु बताउँछन् । स्थानिय व्यक्ति र शुभचिन्तकको चन्दाकै भरमा क्लबको आर्थिक व्यवस्थापन गरिएको उनले बताए । उनले भने,‘ निरन्तरत उपाधि जितेर प्राप्त रकमले पनि केही सहज भने पक्कै भएको छ ।’
प्रतियोगिता खेल्ने मात्र नभइ खेलाडी उत्पादन पनि विर्ताको दीर्घकालिन उद्देश्य हो । व्यवस्थापक तेलिङका अनुसार केही समयपछि ट्रनिङ सेन्टर सञ्चालनमा ल्याउने गरि क्लबले अध्यक्ष लिम्बुकै संयोजकत्वमा तयारी समिति समेत गठन गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]