default_image

8 years ago

June 27, 2017

पौलिन्हो भित्र्याउने बार्सिलोनाको तयारी

127 views

0 Bookmark

एजेन्सी – स्पेनिस टोलि बार्सिलोनाले टोटेनहमका पुर्वखेलाडी पौलिन्होलाई चिनिया क्लब ग्वान्झाउ एभरग्रान्डबाट भित्र्याउने प्रयास गरेको छ। गत सिजन कोपा डेल रे मात्र जितेर चित्त बुझाएको बार्सिलोनाले यस सिजन नयाँ खेलाडी भित्र्याएर बलियो सुरुवात गर्ने लक्ष्य लिएको छ।

३५  मिलियन पाउण्ड रिलिज कलज रहेका ब्राजिलियन मिडफिल्डरलाई बार्सिलोनाले केहि कम रकममा सम्झौता गर्ने प्रयास गर्दैछ। सन् २०१५मा टोटेनहमले पौलिन्होलाई १० मिलियन पाउण्डमा बेचेको थियो। उनले २ सिजनमा ४५ खेल खेलेका थिए।

पौलिन्होले चिनमा बितेका २ सिजनमा लिग उपाधि जितेका छन् भने यस सिजन पनि उनको टोली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दोश्रो स्थानमा रहेको टोलीभन्दा ४ अंकले अगाडी रहेको ग्वान्झाउले यस सिजन पनि लिग उपाधि जित्ने अनुमान गरिएको छ।

यता बार्सिलोना भने जाभीले क्लब छाडेपछि मिडफिल्डरको खोजीमा रहेको छ। गत सिजन भ्यालेन्सियाबाट आएका आन्द्रे गोमेसले सोचेअनुरुप प्रदर्शन गर्न सकेका थिएनन्। त्यसैले बार्सिलोनाले यस सिजनका लागि पौलिन्होलाई भित्र्याउने प्रयास गरेको हो।

पौलिन्हो ब्राजिलियन राष्ट्रिय टोलीकापनि नियमित सदस्य हुन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.