default_image

8 years ago

June 28, 2017

इटालीलाई हराउँदै स्पेन फाइनलमा

149 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिडका स्टार मिडफिल्डर साउल निगुएजको ह्याट्रिकको मद्दतले स्पेन पोल्याण्डमा जारी युरोपेली यू२१ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। बुधबार राती भएको खेलमा स्पेनले इटालीलाई ३-१ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।  दोश्रो हाफ सुरु भएको आठौं मिनेटमा गोल गर्दै साउलले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। रोबेरतो गाग्लीयार्डीनिले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि इटाली १० खेलाडीमा सिमित भएको थियो। तर, पहिलो गोलको ९ मिनेटपछि इटालीका फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

६५औं मिनेटमा खेलको व्यक्तिगत दोश्रो गोल गर्दै साउलले स्पेनलाई पुन खेलमा अग्रता दिलाए। उनले खेलको ७४औं मिनेटमा मार्को एसेन्सियोको पासलाई सदुपयोग गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। थप कुनै गोल हुन नसकेपछि स्पेन ३-१ले विजयी हुँदै फाइनलमा प्रवेश गर्यो।

स्पेनले फाइनल खेलमा उपाधिको लागि जर्मनीको सामना गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.