6 years ago
June 28, 2017
एजेन्सीको सहयोगमा काठमाडौँ (हाम्रो खेलकुद) – ट्रान्सफर विन्डो चलीरहँदा क्लबहरु खेलाडी भित्र्याएर नयाँ सिजनको तयारीमा व्यस्त छन् । केहि क्लबहरुले खेलाडी आबद्ध गरिसके भने केहिको नयाँ खेलाडीसँग जोडिने क्रम जारि छ । एजेन्सीको सहयोगमा हामीले यस सिजनको ट्रान्सफर विन्डोमा धेरै जसो क्लबको चासोमा रहेका मिडफिल्डरहरुको सुची तयार पारेका छौँ । हामेस रोड्रीग्वेज रियलसँग सिमित खेल समय मात्र […]
एजेन्सीको सहयोगमा
काठमाडौँ (हाम्रो खेलकुद) – ट्रान्सफर विन्डो चलीरहँदा क्लबहरु खेलाडी भित्र्याएर नयाँ सिजनको तयारीमा व्यस्त छन् । केहि क्लबहरुले खेलाडी आबद्ध गरिसके भने केहिको नयाँ खेलाडीसँग जोडिने क्रम जारि छ । एजेन्सीको सहयोगमा हामीले यस सिजनको ट्रान्सफर विन्डोमा धेरै जसो क्लबको चासोमा रहेका मिडफिल्डरहरुको सुची तयार पारेका छौँ ।
हामेस रोड्रीग्वेज
रियलसँग सिमित खेल समय मात्र पाएका रोड्रीग्वेजले यस सिजन २२ खेल खेल्दा १३ खेल मात्र सुरुवात गरे । रियलका प्रशिक्षक जिदानको योजनामा कमै अटाएका रोड्रीग्वेज नियमित भूमिकाको लागि अर्को क्लब जाने सम्भावना बलियो छ । म्यानचेस्टर युनाइटेडले उनीमाथी चासो देखाएपनि उनलाई भित्र्याउन अहिलेसम्म कुनै औपचारिक कदम भने चालेको छैन । यस सिजन धेरै खेल्न नपाएपनि उनले २२ खेलमा ८ गोल गर्दै ६ असिस्ट दिन सफल भएका थिए ।
मार्को भेर्राट्टी
पिएसजीबाट सेन्टर मिडफिल्डमा खेल्ने २४ वर्षीय इटालियन मिडफिल्डर हाल बार्सिलोनाको नजरमा परेका छन् । पेस्काराबाट २०१२ मा फ्रान्सको लिग वान क्लब पिएसजीसँग आबद्ध भएका उनले बार्सिलोनामा मिडफिल्डको समस्याको हल गर्ने अनुमान लगाइएको छ । मिडफिल्डमा पकड देखाउने भेर्राट्टीले यो सिजन हरेक खेलमा औसत ८७.५ पास निकालेका थिए ।
फाबिन्हो
फ्रान्सको लिग वोन बिजेता मोनाकोसँग सफल सिजन बिताएका ब्राजिलियन फाबिन्होले आफुलाई राइट ब्याकबाट डिफेन्सिभ मिडफिल्डमा उतारेका छन् । रियल म्याड्रिडमा असफल कार्यकालपछि मोनाकोसँग आबद्ध फाबिन्हो मिडफिल्डमा बल खोस्न सिपालु छन् । मिडफिल्डमा डिफेन्सिभ रुपमा कडा प्रस्तुति दिनसक्ने उनि गोल गर्न पनि पछि पर्दैनन् । मोनाकोबाट खेलेका ६७ खेलमा उनले १४ गोल गरेका छन् । उनको धेरै जसो गोल पेनाल्टीबाट आएको छ । उनलाई हाल म्यानचेस्टर युनाइटेड र पिएसजीले भित्राउने प्रयास गर्दै छ ।
इभान पेरिसिच
यो सिजन ११ गोल गर्दै ८ असिस्ट गर्न सफल पेरिसिच जोसे मोउरिन्होको नजरमा छन् । ट्रान्सफरको सुरुवात देखि पेरिसिच म्यानचेस्टर युनाईटेडसँग जोडिदै आएका छन् । २८ वर्षे क्रोयसिएन विङ्गमा खेल्ने गर्दछन भने आवश्यकता अनुसार उनि आक्रमक मिडफिल्ड र सेकेन्ड स्ट्राइकरको रुपमा पनि खेल्दछन् ।
नाबी केइटा
प्रारम्भिक रिपोर्टहरुलाई आधार मान्ने हो भने आरबि लेप्जिगका मिडफिल्डर केइटा यो विन्डोको सबैभन्दा महँगा खेलाडी बन्न सक्नेछन् । २२ वर्षीय केइटाका लागि हाल लिभरपुल लेप्जिगसँग सहमतिमा आउने प्रयासमा छ । यो सिजन ८ गोल गर्दै ६ असिस्ट दिएलाएका केइटा मिडफिल्डको धेरै जसो स्थानमा खेल्न सक्छन ।
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा गोल गर्दै झापा एफसीले नेपाल सुपर लिगमा पहिलो अंक हासिल गरेको छ। १-० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो। समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस […]
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसी विरुद्ध मध्यान्तरसम्म अग्रता बनाएको छ। पोखराले मोसेस ग्याबाको गोलको मद्दतले १-० को अग्रता बनाएको हो। खेलमा झापाको नै वर्चस्व रहेको छ। धेरै मौकाहरु बनाएपनि झापाले मौकाको सदुपयोग भने गर्न सकेको छैन। पोखराले भने खेलमा धेरै मौकाहरु सृजना गर्न नसकेपनि खेलमा […]
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आज शनिबार दुई खेल हुँदैछन्।दिउँसो १ बजे सुरु हुने दिनको पहिलो खेलमा झापा एफसीले पोखरा थन्डर्सको समान गर्ने छ। झापाले आज आफ्नो दोस्रो खेल खेल्दै छ। यसअघि स्पोर्टिङ्ग इलाम डे मेची एफसी विरुद्ध १-० हार बेहोरेको झापा पहिलो जितको खोजीमा हुने छ। झापाले आज पनि राष्ट्रिय […]