default_image

8 years ago

July 2, 2017

बार्सिलोनासँग नेयमारको नयाँ ‘रिलिज क्लज’

128 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – अघिल्लो बर्षको मार्चमा गरिएको सम्झौता अनुसार बार्सिलोनाका स्टार नेयमारको ‘रिलिज क्लज‘ स्वतः बढेको छ। यहि जुलाई १ देखि नेयमारको रिलिज क्लजमा २२ मिलियन युरोको वृद्धि भएको हो । यस वृद्धिसँगै नेयमारको रिलिज क्लज २ सय २२ मिलियन युरो पुगेको छ ।

Neymar

अघिल्लो बर्ष सम्झौता अनुसार अर्को बर्ष नेयमारको रिलिज क्लजमा थप वृद्धि हुदै २ सय ५० मिलियन युरो सम्म पुग्ने छ । पाँच वर्षको सम्झौतामा सुरुको दुइ बर्ष ‘रिलिज क्लज‘ मा रहेको रकम बढ्ने र पछिल्लो ३ बर्ष भने रकम यथावत रहने उल्लेख छ ।

सन् २०१३ मा बार्सिलोनासँग आबद्ध हुदा नेयमारले २०१८ सम्म बार्सिलोनामा बस्ने सम्झौता गरेका थिए । अघिल्लो मार्चमा बार्सिलोनासँग नयाँ करार सम्झौता गर्दै उनले २०२१ सम्म आफ्नो भविष्य स्पेनिस क्लबमा समर्पित गरेका थिए ।

गत सिजन कोपा डेल रे उपाधिमा चित्त बुझाउनु परेको बार्सिलोनामा यस सिजन नयाँ प्रशिक्षक आएका छन् । नेयमार, मेस्सी र सुआरेजको जोडीले गत सिजन राम्रो प्रदर्शन गरेपनि क्लबलाई उपाधि भित्र्याउन भने गाह्रो पारेको थियो । यस सिजन जेरार्ड डेउलेफेउ पनि क्लबमा फर्किएका छन् भने बार्सिलोना अझैपनि ट्रान्सफर बजारमा खेलाडी खोज्ने प्रयासमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.