8 years ago
July 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ निराश भए ।
जेठको अन्तिममा घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै छनोटमा नेपाललाई १ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले माल्दिभ्स पुगेपछि भने त्यहाँको प्रिमियर लिगमा टिसी स्पोर्टसको हारलाई जोगाउन सकेनन् । न्यू रेडियन्टसँगको अवे खेलमा किरणको टोली ४–३ ले पराजित भएको थियो । जसका कारण टोली दबाबमा परेको थियो ।
८ टोली सहभागी प्रिमियर लिगमा किरणको टोली १४ अंकसहित छैटौं स्थानमा छ । माल्दिभ्समा टोलीको हरेक जितमा उच्च प्रदर्शन गर्दै आएका किरणको टोलीले आज राती माजियाको सामना गर्दैछ । माजिया अहिले २४ अंकसहित लिग तालिको शीर्षस्थानमा छ ।
सुरुआतमा उच्च प्रदर्शन गरेको टिसी स्पोर्टसले पछिल्ला ५ मध्ये १ जित, १ बराबरी र बाँकी ३ खेलमा हार बेहोरेको थियो । अहिले सम्म टोलीले खेलेका १० खेलमा ४ जित, २ बराबरी र ४ खेलमा हार बेहोरेको छ । शीर्ष टोली माजियाले भने १० खेलमा ८ जित र २ हारका साथ २४ अंक जोडेको छ । टिसी स्पोर्टस् र पाँचौं स्थानको भिक्टोरीबीच १ अंकको अन्तर छ । भिक्टोरीले आजै ग्रिन स्ट्रिटको सामना गर्दैछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]