default_image

8 years ago

July 3, 2017

आर्सनलले लेस्टरका माहरेज भित्र्याउने

119 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटिलाई २०१५/१६को प्रिमियर लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका अल्जेरियन मिडफिल्डर रियाद माहरेजलाई आर्सनलले अनुबन्धित गर्ने भएको छ।

२६ वर्षीय मिडफिल्डरलाई अघिल्लो सिजन पनि थुप्रै प्रस्ताव आएपनि उनले लेस्टरमै रहने निर्णय लिएका थिए। तर, गत सिजन लेस्टरले राम्रो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक क्लाउडियो र्यानेरी बर्खास्तीमा परे। यससँगै माहरेजले पनि लेस्टर छाड्ने संकेत दिंदै आएका थिए।

इटालियन प्रेस क्यल्सियो मर्साटोका अनुसार आर्सनलले लेस्टरलाई ३५ मिलियन पाउण्डको प्रस्ताव  स्वीकार भएपछि कल्बले खेलाडीसँग पनि सम्झौता गरिसकेको छ। माहरेजले आर्सनलसँग ४ वर्षको सम्झौता गर्ने भएका छन्।

माहरेजको प्रदर्शनबाट प्रभावित भएर अघिल्लो सिजन बार्सिलोनाले पनि उनीमाथि नजर राखेको थियो। तर, बार्सिलोनाले औपचारिक रुपमा सम्पर्क नराखेपछि माहरेजले आर्सनलमै जाने निर्णय लिएका हुन्। माहरेजको आगमनसँगै आर्सनलले एलेक्स अक्सलेड चेम्बरलिनलाई बेच्ने सम्भावना बढेको छ। २३ वर्षीय मिडफिल्डर एलेक्स लिभरपुल जाने सम्भावना बढेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.