8 years ago
July 3, 2017
एजेन्सी (लण्डन)- चेल्सीका भुतपुर्व कप्तान जोन टेरीले च्याम्पियन्शिप क्लब एस्टन भिल्लासँग एक बर्षको सम्झौता गरेका छन्। ३६ बर्षे रक्षक टेरीको चेल्सीसँगको सम्झौता ३० जुनमा समाप्त भएको थियो।

चेल्सीसँग सम्झौता अन्त्य भएपछि पनि आफ्नो खेल जीवन जारी राख्ने निष्कर्षमा पुगेका टेरीले एस्टन भिल्लासँग सम्झौता गर्दा अनौठो अनुभूति भएको बताएका छन्। यदि भिल्ला प्रिमियर लिगमा उक्लेमा टेरीले प्रत्यक हप्ता १ करोड रुपैयाँ प्राप्त गर्ने छन्।
२२ बर्ष पछि चेल्सी छाडेका टेरीले सम्झौता समारोहमा बोल्दै भने,’ यो अनौठो हो तर सुन्नुहोस, म २२ बर्षमा पहिलो चोटी नयाँ क्लबमा आबद्द भएको छु र अब परिवर्तनको घडी आएको छ। मैले चेल्सीमा उत्कृष्ट समय विताए र म यहाँ पनि सोहि उदेश्य लिएर आएको छु। भिल्ला र म, हामी दुवै माथि जान चाहन्छौ।’
भिल्ला टेरीको करियरको तेस्रो क्लब हो। आफ्नो खेल जीवनको सुरुमै चेल्सीसँग आबद्ध टेरी सन् २०००मा लोनमा नटिङ्घम फरेस्ट पुगेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]