8 years ago
July 3, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबार रातीको फाइनल खेलमा जर्मनीले चिलीलाई १-०ले पराजित गर्दै उपाधि जित्यो। प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरुप प्रतियोगिताको उत्कृष्ट एघारमा चिली र जर्मनीकै खेलाडीको वर्चस्व रहेको छ।
जर्मनी र चिलीका समान ५/५ खेलाडीले उत्कृष्ट एघारमा स्थान बनाएका छन्। त्यसबाहेक पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि प्रतियोगिताको उत्कृष्ट एघारमा पर्न सफल रहेका छन्। रोनाल्डोले पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउदा प्रतियोगिताको तेश्रो स्थानको खेल गुमाएका थिए।
चिलीका तर्फबाट गोलरक्षक क्लाउडियो ब्राभो, डिफेन्डर द्वय ग्यारी मेडेल र जन बोसेजरका साथमा मिडफिल्डर आर्टुरो भिडाल र फरवार्ड एलेक्सिस स्यान्चेज टोलीमा परेका छन्। गोलरक्षक क्लाउडियो ब्राभोले प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भएबापत गोल्डेन ग्लोभ अवार्ड पनि जितेका थिए।
यसैगरी जर्मनीबाट डिफेन्डर द्वय जोसुवा किम्मिच र एन्टोनियो रुडीगरलाई मिडफिल्डका लार्स स्टीन्डल र कप्तान जुलियन ड्रयाक्स्लरले साथ दिएका छन्। प्रतियोगिताकोगोल्डेन बुट विजेता फरवार्ड टिमो वेर्नर पनि टोलीमा रहेका छन्। कप्तान ड्रयाक्स्लर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल उपाधिबाट विभूषित भए।
कन्फेडेरेसन कपको उत्कृष्ट एघार:
गोलरक्षक: क्लाउडियो ब्राभो (चिली)
डिफेन्डर: जोसुवा किम्मिच (जर्मनी), एन्टोनियो रुडीगर (जर्मनी) , ग्यारी मेडेल (चिली), जन बोसेजर (चिली)
मिडफिल्डर: आर्टुरो भिडाल (चिली) , लार्स स्टीन्डल (जर्मनी), जुलियन ड्रयाक्स्लर (जर्मनी)
फरवार्ड: क्रिस्टियानो रोनाल्डो (फरवार्ड), टिमो वेर्नर (जर्मनी), एलेक्सिस स्यान्चेज (चिली)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]