8 years ago
July 4, 2017
म्याड्रिड (एजेन्सी) – सिजनको अन्त्यसँगै रियल म्याड्रिडका स्टार विंगर ग्यारेथ बेल प्रिमियर लिग फर्कने हल्ला अफवाह मात्र रहेको खुलासा छ। बेल म्याड्रिडमा खुसि रहेको र स्पेनिस च्याम्पियनले यो सिजन उनलाईलाई बेच्ने कुनै योजना नबनाएको स्काई स्पोर्ट्सको विशेष सुत्रले जनाएको छ ।
सिजनको अन्त्यसँगै विभिन्न मिडियामा बेल इङ्लिश प्रिमियर लिगमा फर्कन चाहेको हल्लाहरु आएको थियो। तर सुत्रका अनुसार वेल्सका मिडफिल्डर बेल रियल म्याड्रिडमा खुसी रहेको र गत सिजनको सफलतालाई यस सिजन पनि जारी राख्ने धुनमा रहेको बुझिएको छ। म्याड्रिडले मोनाकोबाट किलियन बाप्पेलाई भित्र्याउने प्रयास गरेसँगै ग्यारेथ बेललाई म्यानचेस्टर युनाइटेडमा बेच्ने योजना रहेको मिडियाले लेखेका थिए। तर उक्त हल्ला विभिन्न संचार माध्यममा आएपनि रियलले त्यसलाई अस्विकार गरेको हो ।
सन् २०१३मा टोटेनह्याम छाडेपछि रियलसँग चार सिजन बिताएका बेल त्यस समयको कीर्तिमानी रकममा रियलसँग आबद्ध भएका थिए । ८५.३ मिलियन पाउण्डमा रियलसँग आबद्ध हुदाँ त्यो विश्व कीर्तिमानी रकम थियो । त्यसयता बेलले रियलसँग तिन च्याम्पियन्स लिग जिती सकेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]